प्यूठान । झिमरुक गाउँपालिका-६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मर्कावाङ्गले स्वर्ण महोत्सवको अवसरमा आयोजना गरेका विविध कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा दुई दिनसम्म चलेको स्वर्ण महोत्सको मंगलवार एक कार्यक्रमका बीच समापन गरिएको हो ।

समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले सामाजिक संस्थालाई एकदुई ब्यक्तीले मात्र सहयोग गरेर अगाडि बढाउन नसकिने भन्दै सबैको हातेमालो आवस्यक रहेको बताउनुभयो । उहाँले त्यसको लागि कुशल नेतृत्व, व्यापक जनसहभागिता, आर्थिक योजना र शिक्षक शिक्षिकाले खेल्नुपर्ने असल भुमिकाले मात्रै शैक्षिक क्षेत्रको बिकासमा फड्को मार्न सकिने बताउनुभयो ।

उहाँले बिद्यालय भनेको पबित्र मन्दिर भएकाले पबित्र मन्दिरमा असल कुरामात्र सिक्नु सिकाउनुपर्ने बताउनुभयो । विद्यार्थीले बिद्याको मन्दिरमा पुगेपछि केहि न केहि नयाँ कुराको सिको गर्दै खोज र अनुसन्धान गर्नुपर्ने बताउनुभयो । राम्रो पठन शिपको लागी शिक्षकहरुले आफुलाई समयानुकूल नयाँ प्रबिधिसँग जोडेर लैजान सकेमात्र विद्यार्थीहरुलाई सिकाई उपलब्धिमा अब्बल बनाउन सकिने उहाँले बताउनुभयो ।

नमूना विद्यालय बनाउन भौतिक पूर्वाधार विकास सँगै विद्यालयले विद्यार्थीको पढाई तथा सिकाई उपलब्धिमा राम्रो नतिजा निकाल्नुपर्नेमा अध्यक्ष एमसीले जोड दिनुभयो । पालिकाले शैक्षिक क्षेत्रको समग्र विकासमा धेरै वजेट खर्च गर्दै आएको भएपनि अझैसम्म अपेक्षित प्रतिफल आउन नसकेको संकेत गर्दै अध्यक्ष एमसीले सामुदायिक बिद्यालयको शैक्षिक सुधारमा स्थानीय सरकार, शिक्षक, विद्यार्थी, र अभिभावक बीच सहकार्य गर्दै अगाडि बढ्न सकेमात्र शैक्षिक गुणस्तरम वृद्धि गर्न सहयोग हुने बताउनुभयो ।

उहाँले नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय झिमरुक गाउँपालिका-६, मर्काबाङ्गको लागि शिक्षक दरबन्दी, खेल मैदान, भवन मर्मत तथा नयाँ भवन निर्माणको लागि बजेट ब्यवस्थापन गरि काम अगाडि बडाउने प्रतिबद्धता व्यक्त समेत गर्नुभयो ।

कार्यक्रममा झिमरुक गाउँपालिका नेकपा माओवादी केन्द्रका अध्यक्ष झक बहादुर जिसी, पुर्व प्रधानाध्यापक इन्द्रमणी पौडेल, सहित अभिभावक, विद्यार्थी लगायतले स्वर्ण महोत्सवको सफलता शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर पुनले कार्यक्रम अवधिभर सहयोग गर्नुहुने प्रमुख अथिती, अथिती, जनप्रतिनिधि, शिक्षक, ब्यवस्थापन समिति, विद्यार्थी भाइबहिनी, अभिभावक लगायत सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर पुनको अध्यक्षता तथा झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको प्रमुख आतिथ्यतामा विद्यालयको स्वर्ण महोत्सवको समापन गरिएको थियो । बिद्यालयको शिक्षक माया गिरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन शिक्षक कमल नगरकोटीले गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट सिकाई उपलब्धि हासिल गर्ने शिक्षक, चन्दादाता, सहयोगदाता, पुर्व प्रधानाध्यापक, शिक्षक पुर्व अध्यक्ष अभिभावक लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा मनोरञ्जन प्रदान गर्न स्थानीय कला संस्कृती झल्काउने गरि नृत्य प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय