प्यूठान । प्यूठान नगरपालिकाले वडा अधिबेशनलाई तीव्रता दिएको छ। बुधबार प्यूठान नगरपालिका वडा नम्बर ९ को दोस्रो वडा अधिबेशनको नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सुर्य थापाले उद्घाटन गर्नुभएको हो ।
अधिबेशनलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य थापाले मुलुकको समृद्धि र बिकासका लागि कार्यकर्तालाई एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । अधिबेशनको प्रमुख अतिथी समेत रहनुभएका थापाले देश निर्माणमा एकढिक्का भएर एमाले कार्यकर्ता लाग्नुपर्ने बताउनुभएको हो । पार्टीलाई चलायमान बनाउदै गाउँ गाउँमा निर्माणका गतिविधिमा समेत जोडिएर गाउँको बिकामा अग्रसरता देखाउन एमाले कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य समेत रहनुभएका थापाले एमाले नेतृत्वको अहिलेको सरकारलाई असफल गराउन केहि त्यस्ता गलत तत्वहरु लागिरहेको हुँदा त्यस्ता नकारात्मक गतिविधिका र कुप्रचारका विरुद्ध पनि एकताबद्ध भएर अगाडि बढ्दै एमाले कार्यकर्ता जनताको हरेक समस्यामा सहयोग गर्न समेत आग्रह गर्नुभयो। गलत प्रवृत्तिको विरुद्ध आवाज उठाउदै समाज रुपान्तरणमा जोडिएर काम गर्नुपर्ने बताउनुभयो । एमाले कार्यकर्ता समाज रुपान्तरण गर्दै बैचारिक रुपमा समेत अब्बल हुँदै जानुपर्ने बताउनुभयो । जनजनको पार्टी निर्माणमा समेत कार्यकर्ताको महत्त्वपूर्ण भुमिका रहेकोले जिम्मेवार भएर काम गर्न आग्रह गर्नुभयो ।
त्यस्तै नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बिजय बिराज बिष्ट नेकपा एमाले कार्यकर्ता जनताको दुख सुखको सहयोगी बन्नुपर्ने बताउनुभएको छ । जनताको हरेक बिपत्तिमा होस, पुनः निर्माण कार्यमा होस वा हरेक गतिविधिमा एमाले कार्यकर्ताको अग्रणी भुमिकामा रहेर काम गर्न आग्रह गर्नुभयो ।
नेकपा एमाले प्युठान नगरपालिका-९, को दोस्रो वडा अधिवेशनले शिवबहादुर केसी अध्यक्षतामा २९ सदस्य नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ। जसको उपाध्यक्षमा टोप बहादुर केसी,सचिव पुर्ण बहादुर भण्डारी, उपसचिव चित्रा नगरकोटी सहित २६ जना वडा कमिटी निर्वाचित गरिएको हो। बाकी ३ जना आवश्यकता अनुसार वडा कमिटीको बैठकले मनोनीत गर्नेछ । नवनिर्वाचित नेतृत्वलाई सुर्य थापाले अबिर खादा लगाएर बधाई ज्ञापन गर्नुभयो ।
वडा कमिटीका निबर्तमान उपाअध्यक्ष रबिन्द्र भण्डारीको अध्यक्षतामा सुरु भएको अधिबेशनको नेकपा एमाले पोलिट्ब्युरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सुर्य थापाको प्रमुख आतिथ्यता र नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बिजय बिराज बिष्टको बिशेष आतिथ्यता रहेको थियो।
अधिबेशन कार्यक्रममा प्रदेश कमिटी सदस्य लक्ष्मी प्रकाश राजभण्डारी, अखिल नेपाल किसान संघका केन्द्रिय सदस्य नेहरसिह केसी, जिल्ला कमिटी सचिव इन्द्रमणी पोख्रेल, उपसचिब इश्वरा आचार्य, सचिवालय सदस्य नेगनसिह कुवर, प्युठान नगरपालिका नगर कमिटी अध्यक्ष गिरु प्रसाद भण्डारी, उपाध्यक्ष ध्रुव जिसी, जिल्ला कमिटी सदस्य गिर बहादुर सुनार, अनेरास्ववियुका जिल्ला अध्यक्ष टेकराज केसी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो।




S.K. Creative Media Group