रोल्पा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सुनछहरी गाउँपालिका-४ सिउरी बस्ने २२ वर्षीय हर्क बहादुर पुन मगरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
हर्क बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कुलेलीबाट खटिएको प्रहरीले पुनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



S.K. Creative Media Group