प्यूठान । प्यूठानमा मोटरसाइकलको ठक्कर दिएर एक पैदल यात्रुको मृत्यु भएको छ। आइतबार बेलुका मल्लरानी गाउँपालिका-४, बासखोला बस्ने अन्दाजी ७० बर्षिय रामचन्द्र शाहलाई मोटरसाइकलले ठक्कर दिएपछी घाइते हुनुभएका हो ।

दुर्घटनामा घाइते शाहलाई उपचारको लागि जिल्ला अस्पताल प्युठानमा लगिएको थियो । उपचारका क्रममा जिल्ला अस्पताल प्युठानमा शाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिकुरी बासपार्कबाट बाग्दुला तर्फ जाँदै गरेको लु ९२प १३३७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । मृतकको सवलाई पोष्टमाटमको लागि सवगृहमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय