प्युठान । जिल्लाको झिमरुक गाउँपालिकामा युएसए आइडी किशोर किशोरी प्रजनन् स्वास्थ्य परियोजनाको पालिका स्तरीय संयुक्त अनुगमन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मंगलबार झिमरूक गाउँपालिका-६, स्थित तोरवाङ स्वास्थ्य चौकीमा कार्यक्रम बारे अन्तरक्रिया गरि सम्पन्न गरिएको हो ।
कार्यक्रममा झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले किशोर किशोरी प्रजनन् स्वास्थ्य परियोजनाले समाजमा सकारात्मक धारणा पैदा गर्दै बाबू आमा र बालबालिका बिच समस्या र समाधान गर्ने बाताबरण सृजना गर्दै आएको र समस्या समाधानको खोजीमा सहयोग पुगेको बताउनुभयो । बस्ती तहमा पुगेर बालबालिकाको समस्या पहिचान गर्ने स्वतस्फूर्त समाधान समेत आफै खोज्न उत्प्रेरित गरेको उहाँले बताउनुभयो । कार्यक्रमलाई थप व्यवस्थित बनाउन स्थानीय सरकार सबैसँग हातेमालो गर्न तयार रहेको बताउनुभयो । बालबालिकाले आफ्नो समस्या स्पष्ट राख्न सक्ने बनाउने र बालबालिकाको मनोबल बढाउन स्थानीय सरकार लागिपरेको उहाँको भनाइ छ ।
त्यस्तै कार्यक्रममा उपाध्यक्ष प्रमोद पोख्रेलले बालबालिका प्रती सकारात्मक धारणाको बिकास गराउदै विकृतिको विरुद्ध आवज उठाउने बनाउन अभिभावकले पनि आफ्ना बालबालिका के गरिरहेको छ, भन्ने जानकारी समयसमयमा ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँले पछिल्लो समय बालबालिकाहरु मोबाइल र सामाजिक संजालको कुलतमा फसेको भन्दै यस तर्फ समेत सबै अभिभावक सचेत हुनुपर्ने बताउनुभयो । सामाजिक संजालको दुरुपयोगले बालबालिकामा मनोबैज्ञानिक असर परेको प्रति चिन्ता व्यक्त गर्दै उपाध्यक्ष पोख्रेलले यो विकृति हटाउन सबैको सहकार्य जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा युएसए आइडी एआरएस अधिकृत ऋषि न्यौपानेले परियोजनाले किशोर किशोरी प्रजनन् स्वास्थ्यको क्षेत्रमा गरेका काम र गतिविधि बारे जानकारी दिनुभएको थियो । कार्यक्रमलाई थप व्यवस्थित र जनमुखी बनाउन स्थानीय तहसँग सहकार्य गर्दै आएको जानकारी दिनुभयो । यो परियोजनाले लक्ष अनुसारका आफ्ना सुचकहरुमा राम्रो नतिजा लिएको बताउनुभयो ।
झिमरुक गाउँपालिका-६, स्थित, तोरवाङ स्वास्थ्य चौकीका संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष धन बहादुर पुन ज्यूको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको रहेको थियो । त्यस्तै कार्यक्रममा विशेष अतिथीको रुपमा पालिका उपाध्यक्ष प्रमाेद पाेख्रेल रहनुभएको थियो ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पाख्रेल, स्वास्थ्य शाखा प्रमुख विकास केसी, मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्रका कोषाध्यक्ष पुनम श्रेष्ठ, सदस्य पशुपति श्रेष्ठ, तोरवाङ स्वास्थ्य चौकी प्रमुख सुमित्रा थापा, वडाका जनप्रतिनिधि, गाउँपालिकाका, कर्मचारीहरू, वडा तथा स्वास्थ्य चाैकीका कर्मचारीहरू, किशोर किशोरीहरू लगायत अभिभावकहरुकाे उपस्थिति रहेकाे थियाे। कार्यक्रमको संचालन वासुदेव गिरीले गर्नुभएको थियो ।



S.K. Creative Media Group