प्यूठान । लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री सराेज थापा (राेज राणा) ले प्रेस जगतले लाेकतन्त्र , बिधिकाे शासन र सामाजिक न्यायका पक्षमा कलम चलाउनुपर्ने बताउनुभएको छ ।
नेपाल तरुण दल प्यूठानले सङ्गठन र नेपाल प्रेस युनियनबाट पत्रकार महासंघमा प्रतिनिधित्व गर्ने ब्यक्तिहरुकाे सम्मानका लागि आज जुम्रीमा आयाेजित कार्यक्रममा बाेल्दै थापाले आफ्नाे पार्टीले लाेकतन्त्र र प्रेस स्वतन्त्रताका पक्षमा काम गरेकाे बताउँदै सामाजिक सन्जालमा आउने मिथ्या समाचारले नागरिकमा भ्रम सृजना गरेकाे बताउनुभयो ।
सत्य तथ्य सूचनामा आधारित रहि पत्रकारिता मार्फत नागरिकका आवाजहरुलाई उठाउन उहाँले आग्रह गर्नुभयो । पछिल्लो समय पुराना पार्टीहरुले केही काम गरेका छैनन् भन्ने जस्ता लगत भाष्यहरु आईरहेकाले यसबाट बिचलित नभई काम गरेर देखाउनुपर्ने बताउनुभयो । उहाँले पार्टीलाई मजबुत बनाउन पार्टीका कार्यकर्ता, तरुण दल लगायत सम्बद्व संगठनलाई सक्रिय हुन समेत आग्रह गर्नुभयो ।



S.K. Creative Media Group