प्यूठान । बाग्दुलादेखि मच्छीसम्म लुम्बिनी प्रदेश सरकारका शहरी बिकास तथा खानेपानी मन्त्री सराेज थापा (राेज राणा) को सहभागीतामा हुन लागेको पैदलयात्रा सुरु भएको छ । आइतबार आफ्ना नेता कार्यकर्ता नागरिकसँग पदयात्रा सुरु गरिएको मन्त्री राणाको सचिवालयले जानकारी दिएको हो । पदयात्राको क्रममा मन्त्री राणाले प्युठान नगरपालिका र झिमरुक बासी नागरिककाे गुनासाे सुन्ने र भेटघाट गर्ने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ।
आइतबार बिहान १० बजेबाट बाग्दुलादेखि सुरु भएरको पैदलयात्रा झिमरुकको मच्छिको केन्द्रसम्म पुगेर सकिने छ । पैदलयात्राको क्रममा स्थानीय नागरिकको गुनासो सुन्ने र जनताको गुनासोलाई कार्यान्वयनमा लैजाने गरि कार्यक्रम सुरु गर्न लागिएको हो। पैदलयात्रामा सहभागीले हरेक जन गुनासा बिकास निर्माणका बारेमा सुझाब भएमा मन्त्री समक्ष प्रत्यक्ष भेटेर राख्न सकिने झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो । उहाँका अनुसार जिल्लाकाे बिकासका सन्दर्भमा नागरिककाे गुनासाे र बिकास निर्माण बाग्दुला मच्छि सडक, खानेपानी लगायत अन्य बिकासका सन्दर्भमा बिषयगत कार्यालयका कार्यालय प्रमुख तथा इन्जिनियर सहितको टिम पदयात्रामा सहभागी हुनेछन् ।
झिमरुक गाउँपालिकाको सभाहलमा दिउँसो एक बजे हुने जन भेटघाट तथा छलफल कार्यक्रम तय गरिएको झिमरुक गाउँपालिका उपाध्यक्ष पोख्रेलले जानकारी दिनुभयो। उहाँले पालिकामा क्रियाशिल सम्पुर्ण राजनीतिक दलका नेता कार्यकर्ता, जनप्रतिनिधि सहित सम्पुर्णलाई कार्यक्रममा आउन समेत अनुरोध गरिएको बताउनुभयो।



S.K. Creative Media Group