प्यूठान । राष्ट्रिय युवा संघ, नेपाल नौबहिनि गाउँपालिका कमिटीमा नयाँ नेतृत्व चयन भएको छ। नेकपा(एमाले)निकट राष्ट्रिय युवा संघ नौबहिनीको दोस्रो अधिवेशनले युवराज पुनको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा सालिम पुन मगर, सचिव प्रकाश बुढा मगर, सह-सचिव, दान बहादुर केसी, सह-सचिब बिष्णु बुढा मगर, कोषाध्यक्ष निर्मला सुनार निर्वाचित भएको युवा संघ प्युठानका अध्यक्ष बिशेक थापाले जानकारी दिनुभयो।

नेकपा एमालेलाई चलायमान र सुदृढ बनाउन युवा संघको भूमिका महत्त्वपूर्ण हुनेभएकोले युवाहरु जिम्मेवार भएर लाग्नुपर्ने नेकपा एमाले प्युठान क्षेत्र नम्बर २(ख)का संयोजक इश्वर थापाले बताउनुभयो । राष्ट्रिय युवा संघ नौबहिनीको दोस्रो अधिबेशनको प्रमुख अतिथी समेत रहनुभएका थापाले युवा संघमा सक्षम सवल नेतृत्व आउन जरुरी रहेको बताउनुभयो । उहाँले पार्टीलाई बलियो बनाउन युवाहरुको भुमिका महत्त्वपूर्ण हुने भएकोले जिम्मेवार भएर देश निर्माणका काम गर्नुपर्ने बताउनुभयो ।

युवा संघमा लाग्ने युवाहरु आफ्नो व्यक्तित्व विकाससँगै मुलुकको बिकास र समृद्धिको निम्ति अग्रसर हुनुपर्ने युवा संघ प्युठानका अध्यक्ष बिशेक थापाले बताउनुभयो । जसले गर्दा सबल र सक्षम नेतृत्व विकास हुने उहाँले बताउनुभयो । युवा संघमा सबल नेतृत्वकै कारण युवाहरु बढी आकर्षित भएको उहाँको तर्क थियो । उहाँले पार्टीको विधान, निति नियममा रहेर गाउँ समाज रूपान्तरमा लाग्न समेत युवाहरुलाई आग्रह गर्नुभयो। अधिबेशनमा नेकपा एमालेका पालिका स्तरीय नेताकार्यकर्ता युवा युवती लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय