प्युठान । प्युठानमा प्रसव फिस्टुला सम्बन्धि जिल्ला सस्तरीय समन्वय तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ। बिहिवार आइ एन एफ नेपाल सुर्खेतको आयोजनामा जिल्ला स्वास्थ्य कार्यालय प्युठानको सभाहलमा सरोकारवाला बिच परियोजना बारे जानकारी गराइएको हो ।

ग्रामीण भेगमा महिलामा हुने फिस्टुला रोगलाई कसरी निर्मुल गर्न सकिन्छ, उपचार पद्धति के हो? यो समस्याको उपचार कहाँ कहाँबाट हुन्छ र महिला शसक्तिकरण तथा आयआर्जन कार्यक्रमलाई सँगसँगै कसरी लैजाने भन्ने परियोजनाको बिषयबस्तु बारे कान्ति शर्माले जानकारी दिनुभएको भएको थियो।

उहाँका अनुसार विगत लामोदेखी स्वास्थ्य तथा सामुदायिक विकास परियोजना संचालन गर्दै आएको आई एन एफ सुर्खेतले चालू आबमा प्युठान जिल्लाका सबै स्थानिय तहका समुदायमा प्रसव फिस्टुला सम्वन्धि अभिमुखीकरण कार्यक्रम गरिने जानकारी दिनुभयो । यो परियोजना लुम्बिनी, कणाली र सुदूरपश्चिमका स्थानीय तहका वडाहरुमा लागू गरिएको छ।

कार्यक्रममा फिस्टुला बारे परियोजना मार्फत सुर्खेतमा नि:शुल्क उपचार गर्दै आएको जानकारी दिनुभयो । हालसम्म प्युठान जिल्लाबाट सुर्खेत अस्पतालमा १७ जना फिस्टुला रोगिको उपचार गर्दै आएको बताउनुभयो । ग्रामीण भेगका आमा दिदिबहिनीले यो समस्यालाई बाहिर देखाउन नचाहने, अफ्ट्यारो मान्ने गरेको समेत अनुभव उहाँले गर्नुभयो ।

लामो समय र कठिन सुत्केरी व्यथाका कारण पिसाव थैली वा पिसाव नली वा आन्द्रामा प्वाल पर्न जानुनै प्रसव फिस्टुला हो । प्रसव फिस्टुलाको उपचार फिस्टुला उपचार केन्द्र प्रदेस अस्पताल सुर्खेतमा निशुल्क रुपमा गर्दै आएको जानकारी दिनुभयो । साथै विरामी र एक जना बिरामी कुरुवाका लागि आउजाउ गर्न यातायात खर्च र बाटोमा लागेको खाना खर्चको समेत अस्पताल उपलब्ध गराउदै आएको जानकारी दिनुभयो।

यस समस्याको लक्षण दिसापिसाब नियन्त्रण गर्न नसक्नु, लगातार दिसापिसाब बगिरहनु, दिसापिसाबको गन्ध बअढि आउनु, लगातार लगाएको कपडा ओछ्यान भिज्नु र एक्लोपन उदासीन देखिनु रहेकोले यस्ता रोगको पहिचान गरेर ती बिरामीको उपचार सेवा सुर्खेत अस्पतालले गर्दै आएको कार्यक्रम मा जानकारी दिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख धरम बहादुर जिसीले परियोजना महत्त्वपूर्ण भएकोले सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । प्रसव फिस्टुला सम्बन्धि जिल्ला सस्तरीय समन्वय तथा अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका जिसीले ग्रामीण भेगमा यो समस्या बारे जनचेतनामूलक कार्यक्रम सहित उपचार सेवामा समेत सहयोग गर्दै आएकोले संस्थालाई धन्यवाद दिनुभयो । लुकेर रहेका यस्ता महिलाका समस्यालाई पहिचान गरि अस्पतालसम्म पुर्याउन यो परियोजना सहयोगी रहेको बताउनुभयो ।

त्यस्तै परियोजनाले महिलाको प्रसव फिस्टुला सम्बन्धि समस्याको पहिचान र नि:शुल्क उपचार गर्दै आएकोले नागरिकलाई अफ्नो रोग लुकाएर बस्न नहुने स्वास्थ्य कार्यालय प्युठानका निमित्त प्रमुख मधुसूदन खड्काले बताउनुभयो । यो समस्यामा कमि ल्याउन सचेतता आवस्यक रहेकोले सबैले सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले यो समस्याको उपचार सम्भव सहज भएकोले रोग लुकाएर बस्न नहुने बताउनुभयो ।

पहिलो चरणमा परियोजना बारे स्वास्थ्य कार्यालय प्युठानमा सरोकारवाला बिच प्रसव फिस्टुला सम्बन्धि जिल्ला सस्तरीय समन्वय तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ। प्युठानका नौवटै स्थानिय तहका ६४ वडाका सबै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, आमा समुह, समुदायका ब्यक्ति तथा विभिन्न समुहमा आवद्ध भएका सदस्यहरुलाई फिस्टुला समवन्धी अभिमुखीकरण गरिने योजना रहेको आईएनएफ सुर्खेतका कर्मचारी माधा भण्डारीले बताउनुभयो ।

स्वास्थ्य कार्यालय प्युठानका निमित्त प्रमुख मधुसूदन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख धरम बहादुर जिसी प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजीकरण आइ एन एफ नेपाल सुर्खेतको कर्मचारी कान्ति शर्मा र मधु भण्डारीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय प्युठानका कोल्चेन प्रमुख कौशल राज बैधले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख, संघ संस्था प्रतिनिधि, स्वास्थ्य कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय