प्यूठान । प्यूठान अस्पताल बिजुवारमा करिब दुई वर्षको बसाइँ पछि सरुवा भइ पाल्पा अस्पताल जान लाग्नुभएका अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र पौडेललाई विदाइ गरिएको छ । भने, प्यूठान अस्पतालमा सरुवा भइ आउनुभएका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर ओम प्रसाद अर्याललाई जिल्लामा स्वागत गरिएको छ ।


प्यूठान अस्पताल विकास समितिको आयोजनामा डाक्टर पौडेललाई बिदाइ र डाक्टर अर्याललाई एक कार्यक्रमका बिच स्वागत गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य सूर्य थापाले बिदाइ भएर जाने निमित्त मेसु डाक्टर पौडेल र नव आगन्तुक मेसु डाक्टर अर्याललाई स्वागत गर्नुभएको छ। डाक्टरहरुको बिदाइ र स्वागत गर्ने कार्यक्रममा बोल्दै सांसद थापाले डाक्टरहरुले बिरामीको उपचार सेवामा मन वचन र कर्मले लाग्न आग्रह गर्नुभयो । प्यूठान अस्पताल लोकेसनका हिसाबले प्यूठान जिल्ला मात्र नभएर अर्घाखाँची, गुल्मी र रोल्पाका जनताले समेत सेवा लिन आउने गरेकोले प्यूठान अस्पताललाई थप व्यवस्थित गर्दै सबैले सहज र सजिलोसँग सेवा पाउने बाताबरण बनाउनुपर्ने बताउनुभयो । त्यसका लागि आफ्नोतर्फबाट आवश्यक सहयोगको लागि जनप्रतिनिधिका हिसाबले साथमा रहेको बताउनुभयो ।

प्यूठान अस्पतालले पालिका, पालिकामा शिबिर चलाएर जनताको उपचार सेवा दिन समेत आग्रह गर्नुभयो । “सबै सृजनात्मक रुपमा लगौ । जिल्लाले उच्च तहको चिकित्सक पाएको छ। यो खुसीको कुरो हो ।” उहाँले भन्नुभयो “तपाईंहरुले ढुक्कसँग काम गर्नुस् जनप्रतिनिधि तपाईंको साथमा नै छन ।  जहाँ समस्या छ त्यहाँ सहयोग गर्ने हो ।”

उहाँले प्यूठान अस्पताललाई जनशक्ति ब्यवस्थापन, पुर्वाधार उपकरण, औजारमा सुधार गर्दै एक सय बेडको अस्पताल बनाउने बाताबरण बनाउने उपचार सबै उपचार सेवामा पहुँच बिस्तार गर्नेतर्फ लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्यूठान अस्पतालबाट विदाइ हुदै हार्ड जोर्नी तथा नसारोग बिशेषज्ञ डाक्टर राजेन्द्र पौडेलले जिल्लामा रहदा जिल्ला बासीको सेवा गर्न पाउँदा आफु निकै सन्तुष्टि र खुसी भएको बताउनुभयो । “जहाँ भएपनि डाक्टरको धर्म र कर्म भनेको बिरामीको उपचार गर्नुनै हो ।”उहाँले भन्नुभयो, “त्यसमा पनि आफ्नै जिल्ला बासी आमाबुबा सबैको उपचार गर्न पाउनु मैले आफुलाई गर्भ बोध र सौभाग्य ठानेको छु।” अस्पतालमा भौतिक पुर्वाधार, उपकरण, जनशक्ति अभाव हुदाहुदै पनि यी सबैलाई थप व्यवस्थित गर्दै सुधार गर्दै जनताको उपचार सेवामा अस्पतालको सबैको सहकार्यले मात्र काम गर्न सहज भएको बताउनुभयो ।


प्यूठान अस्पतालमा सरुवा भइ आउनुभएका नव आगन्तुक मेडिकल सुपरिटेन्डेन्ट डाक्टर ओम प्रसाद अर्यालले मानिसहरु विरामी भएपछी अन्तीम गन्तब्य अस्पताल निर्विकल्प रहेकोले अस्पतालमा पुग्दा बिरामीले उपचार सेवा सहजरुपमा पाउनु अधिकार जस्तै हुने बताउनुभयो । जनताको उपचार सेवालाई थप व्यवस्थित गर्दै जाने बताउनुभयो ।

बिरामीको उपचार गर्ने अस्पतालको सेवा प्रवाहलाइ चुस्त बनाउन आफ्नोतर्फबाट लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पहिलो काम उपचार सेवा सँगसँगै अस्पताललाई कसरी राम्रो बनाउने भएको भन्दै सुधार गर्ने कार्यमा आफू लागि पर्ने, जनशक्ति, पुर्वाधार उपकरण लगायतमा सुधार गर्दै जाने बताउनुभयो । त्यसको लागि जिल्लाको सबै क्षेत्रको महत्वपूर्ण सहयोग रहन आबस्यक रहेको बताउनुभयो ।

डाक्टर राजेन्द्र पौडेल करिव २ बर्ष प्यूठानबाट पाल्पा अस्पतालमा सरुवा भएर जान लाग्नुभएको छ भने डाक्टर ओम प्रसाद अर्याल तुल्सिपुर अस्पतालबाट प्यूठान अस्पतालमा जिल्लामै पहिलो पटक ११ औ तहको मेडिकल सुपरिटेन्डेन्टको रुपमा सरुवा भइ आउनुभएको हो । विदाइ हुने तथा स्वागत हुने दुवै डाक्टर हार्ड जोर्नी तथा नसारोग विशेषज्ञ हुनुहुन्छ ।

स्वागत तथा बिदाइ कार्यक्रममा प्यूठान अस्पताल विकास समितिका अध्यक्ष विजय विराज विष्ट, प्यूठान नगरपालिकाका पुर्व मेयर अर्जुनकुमार कक्षपती लगायतलले मन्तव्य राख्नुभएको थियो ।

प्युठान अस्पतालमा कार्यरत डाक्टर गोबिन्द राउतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको प्यूठान अस्पताल विकास समितिका अध्यक्ष विजय विराज विष्टको अध्यक्षता रहेको थियो भने कार्यक्रमको प्रतिनिधी सभा सदस्य सुर्य थापा प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सन्चालन अस्पतालको सिनियर नर्सिङ राधा केसीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय