प्यूठान । जिल्लाको मल्लरानी गाउँपालिकाले किसानलाई उत्पादनका आधारमा दुई किस्ता अनुदान उपलब्ध गराएको छ । चाल आर्थिक वर्ष ०८१/०८२ देखि लागु गरिएको उत्पादनका आधारमा अनुदान कार्यक्रम अर्न्तगत त्रैमासिक रुपमा किसानलाई उत्पादनको आधारमा अनुदान दिँदै आएको छ ।

गाउँपालिकाले दुई त्रैमासिकको रकम किसानलाई भुक्तानी उपलब्ध गराइसकेको छ । किसानले उत्पादन गरेका कृषि उपज सरदमुकाम खलंगा स्थित संकलन केन्द्रमा जम्मा हुन्छ । उक्त कृषि उपजको मल्लरानी साना किसान कृषि सहकारीले विक्री वितरण गरेर तथ्यांक राख्ने गरेको गाउँपालिकाको कृषि शाखा प्रमुख मोती आचार्यले बताउनुभयो । पहिलो पटक १३ जना र दोस्रो पटक १३ जना किसानलाई गरि एक लाख ४१ हजार नौ सय ५० रुपियाँ नगद अनुदान वितरण गरिएको आचार्यले जानकारी दिनुभयो ।

पहिलो त्रैमासिकमा फलफुल १ सय १८ केजी, प्याज लसुन ४ सय ६९ केजी, तरकारी ४ हजार ५ सय ५७ केजी लगायत कृषि उपज किसानले संकलन केन्द्रमा विक्री गरेका थिए । त्यसैगरी दोस्रो त्रैमासिकमा फलफुल तरकारी ४ हजार ५ सय ७५ केजी, खसिबोका (जिउँदो) १ सय ११८ केजी, अण्डा ३ सय ३६ क्यारेट लगायत कृषि उपज संकलन भएको थियो ।

कृषि उपज हेरि न्यूनतम ५ रुपियाँदेखी अधिकतम ५० रुपियाँसम्म प्रतिकेजी अनुदान दिने व्यवस्था गरिएको छ । वीऊपलमा ५ रुपियाँ, मह/घ्यूमा ५० रुपियाँ, खसिबोकामा २० रुपियाँ, प्याज/लसुन/अदुवामा १५ रुपियाँ, फलफुलमा १५ रुपियाँ, अरु तरकारीमा १० रुपियाँ प्रति केजी अनुदान तोकिएको कृषि शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय