प्यूठान । गौमुखी गाउँपालिका-५ खुङमा मृत अबस्थामा शव फेला परेको विषयमा जिल्ला प्रहरीले कार्यालय प्यूठानले अनुसन्धान अगाडी बढाएको छ ।
गौमुखी गाउँपालिका-५ फुर्सेधारा स्थित ठाडढुङ्गामा ६८ वर्षीय चिन्तामणी उपाध्याय मृत फेला परेको घटनामा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।
शुक्रवार बिहान ०८:३० बजेको समयमा ठाडढुङगा कबुलियति बनको भित्रि गोरेटो बाटोमा मृत अवस्थामा फेला परेको भनि स्थानियले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरी निरीक्षक केशब के.सी.को नेतृत्वमा गएको प्रहरी टोलीले घटना शंकास्पत रहेको जनाएको थियो ।
प्रहरीका अनुसार मृतकको टाउको तथा अनुहारको भागमा गम्विर चोट लागेको छ । अनुसन्धानको लागि प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालको नेतृत्वमा प्राविधिक टोलि सहित प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।



S.K. Creative Media Group