प्यूठान । जोखिम सञ्चार तथा सामुदायिक सहभागिता विषयक अभिमुखिकरण कार्यक्रम शनिबार स्वास्थ्य कार्यालय प्यूठानका सम्पन्न भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना तथा स्वास्थ्य कार्यालय प्यूठानको समन्वयमा कार्यक्रम गरिएको हो ।

आपतकालिन वा स्वास्थ्य संकटमा जोखिमबारे जानकारी दिने र समुदायलाई सक्रिय रुपमा संलग्न गराएर समाधानमा सहभागी गराउने उदेश्यले उक्त कार्यक्रम गरिएको हो । विभिन्न खालका जिवाणु, विषाणु, किटाणु र रोगाणुबाट नागरिकलाई बचाउन जोखिम सञ्चार तथा सामुदायिक सहभागिता कार्यक्रमको भूमिका महत्वपूर्ण हुने गर्दछ ।

साथै स्वास्थ्य निकाय, समुदाय तथा सरोकारवाला निकायबीच दोहोरो सञ्चार व्यवस्थापन गर्न समेत जोखिम सञ्चार तथा सामुदायिक सहभागिताले भूमिका खेल्ने गर्दछ ।। जोखिम सञ्चारमा सम्वन्धित विज्ञ वा आधारिकारीक व्यक्ति र जोखिममा रहेका नागरिकबीच तत्काल दिइने सूचना, जानकारी, परामर्श र राय सुझावको आदानप्रदान हुने गर्दछ । उक्त विषयमा कार्यक्रममा छलफल गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्यकर्मी, चिकित्सक र पत्रकारको सहभागिता थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य अधिकृत पुष्कल प्रसाद श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय