प्यूठान । लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अर्न्तराष्ट्रिय दिवसको अवसरमा प्यूठानमा सप्ताहव्यापी अभियान शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठान र जिल्ला प्रहरी कार्यालय प्यूठानको संयुक्त आयोजनामा शनिबार लागु औषध दुरुपयोग सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको हो ।

’लागु औषधको चुनौती चिनौ, सामाजिक समाधानको बाटो खोजौझ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ कालिका विकास केन्द्रको सभाहल जिुवार प्यूठानमा सरोकारवालाहरु उपस्थितिमा कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले लागुऔषधका प्रकृति, यसले गर्ने असर, कानुनी ब्यबस्था र रोकथामको उपायको विष्यामा प्रस्तुति राख्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम जिसी, प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईं, सुरक्षा निकाय तथा सरकारी कार्यालयका प्रमुख, सामाजिक संघसंस्था तथा यातायात समितिका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय