प्यूठान । जुनियर तथा युवा सर्कल जिल्ला स्तरीय गोष्ठी बलभद्र माध्यमिक विद्यालय बादिकोटमा सम्पन्न भएको छ । आठ बुँदे घोषणापत्र जारी गर्दै जिल्ला स्तरीय गोष्ठी सम्पन्न भएको हो ।
फागुन २ र ३ गते सञ्चालन भएको गोष्ठीमा ८५ वटा विद्यालयका शिक्षक नायक, जुनियर तथा युवा सर्कलका विद्यार्थीको उपस्थिती रहेको थियो । ३९ औं गोष्ठीमा तुलक पुरस्कार अक्षकोषबाट शिक्षक नायक दिपेन्द्र पौडेल र स्वयंसेवक सजना थापालाई सम्मान गरिएको थियो ।


नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल समिति प्यूठानका संयोजक शिव बहादुर महतराले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ३८ औं जिल्ला स्तरीय गोष्ठी जनता माध्यमिक विद्यालय विजुलीमा सम्पन्न भएको थियो ।

आगामी वर्ष युरेस/जुरेस सर्कल जिल्ला स्तरीय गोष्ठी जनता माध्यमिक विद्यालय बाग्दुलामा गर्ने निर्णय भएको छ । त्यसैगरी प्रअ गोष्ठी पद्योदय माध्यमिक विद्यालय धुवाङमा र शिक्षक नायक गोष्ठी खरा माध्यमिक विद्यालय रजवारामा गर्ने निर्णय भएको कार्यक्रममा सहभागी शिक्षक नायक शरद पोख्रेलले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय