प्युठान । जिल्लाको झिमरुक गाउँपालिकामा ग्रामीण खानेपानी मर्मत संभारको लागि पलम्बिङ्ग तालिमको आज समापन गरिएको छ । झिमरुक गाउँपालिकाको आयोजनामा सुरु भएको एक हप्ते पलम्विङ तालिमको समापन गरिएको हो ।
तालिममा सिकेका सीप सहभागीले व्यवहारमा लागुगर्न सकेमात्र आफुलाई थप सिपालु र दक्ष बनाउदै यो तालिम मुख्य आत्मनिर्भरताको आधार हुने झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनुभएको छ । पछिल्लो समय युवायुवती रोजगारी तथा अध्यनको लागि भनेर बिदेशिने क्रम बढेसँगसँगै गाउँमा दक्ष जनशक्ति अभाव नै रहेकोले यो तालिमले दक्ष जनशक्ति उत्पादनमा थप सहयोग पुग्ने अपेक्षा पालिकाले लिएको अध्यक्ष महतरा क्षेत्रीले बताउनुभयो । स्थानीय स्तरमा हुने सानाठूला खानेपानी योजनाको काममा सहजता ल्याउन तथा बढ्दो बेरोजगारीलाई न्यूनीकरण गर्न सहज हुने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले पालिकामा संचालित योजनालाई थप व्यवस्थित गर्दै दिगो बलियो बनाउन दक्ष जनशक्ति उत्पादन गरि रोजगारमा जोडिन सहयोग पुग्ने बताउनुभयो । तालिम लिएपछि सीप प्राप्त हुने र रोजगारीमा जोडिन सहज हुने र आय आर्जन गरी आम्दानी गर्न सकिने बताउनुभयो । यसले योजनालाई दिगो र सीप बिकास भइ आत्मनिर्भर दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।
सात दिनसम्म चलेको तालिममा खानेपानी आयोजनाको दिगोपना कसरी बनाउन सकिन्छ र सीप बिकासमा आत्मनिर्भर दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने, खानेपानी मुख्यत मानिसको स्वास्थयसँग प्रत्येक्ष जोडिएको हुँदा यो तालीमले घर घरमा उपभोक्ता माझ सुरक्षित खानेपानी उपलब्ध गराउन सहज हुने, तालीमबाट खानेपानी आयोजनाको नियमित मर्मत सम्भार दिगोपना कायम गर्ने, पाइप फिटिङ्ग, पाइप जेड्ने, पाइप जवाइण्ट बनाउने लगायत बिषयबस्तुमा सैद्धान्तिक तथा प्रयोगात्मक तालिम दिएको प्रमुख प्रशिक्षक सित्तल आचार्यले जानकारी दिनुभयो ।
खानेपानी योजना सञ्चालमा ल्याएको अवस्थामा सञ्चालीत योजनाको दिगो पनाको लागि स्थानिय उपभोक्ता मध्येबाट वडाले छनोट गरी पठाएका ब्यक्तिलाई तालिममा सहभागिता गरिएको आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक वडाबाट दुई जना दरको तालिममा सहभागी रहेको जानकारी दिनुभयो ।
झिमरुक गाउँपालिकाको सभा हलमा फागुन २ गतेदेखि सुरु भएको तलिम ८ गतेसम्म चलेको थियो । तालिममा सहभागीलाई सैद्धान्तिक तथा प्रयोगात्मक तरिकाले सीप सिकाइको तालिम्का प्रमुख प्रशिक्षक सित्तल आचार्यले जानकारी दिनुभयो । गाउँपालिका इन्जिनियर अशोक जिसी, प्राबिधिक सित्तल आचार्य, वासुदेव गिरी, शिव प्रसाद पोख्रेल र गौमुखी गाउँपालिकामा कार्यरत प्राबिधिक मदन रिजाल लगायतले तालिमको सहजीकरण गर्नुभएको थियो ।
झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको झिमरुकमा खानेपानी मर्मत संभारको लागि एकहप्ते पलम्बिङ्ग लालिम समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पोख्रेल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, शाखाकाप्रमुख लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा वडा अध्यक्षको तर्फबाट तुलस बहादुर बस्नेत, प्रमुख प्रशिक्षक सित्तल आचार्य, सहभागी लगायतले मन्तव्य राख्नुभएको थियो।



S.K. Creative Media Group