प्युठान । जिल्लाको जनता माध्यमिक विद्यालय बाग्दुलाले आफ्नो ६८औं स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । मंगलबार जिल्लामा रहेको सामुदायिक बिद्यालय मध्ये आफुलाई राम्रो नतिजा ल्यान सफल र पुरानो शैक्षिक संस्था जनता माध्यमिक विद्यालयले विविध कार्यक्रमको आयोजना गरी आफ्नो ६८औं स्थापना दिवस मनाएको हो।
कार्यक्रममा प्रमुख अतिथि प्युठान नगरपालिकाका प्रमुख बिष्णु याेगिले पढ्ने र पढाउने पबित्र संस्था समुदायले बिश्वास गर्ने र सिकाइ उपलब्धि राम्रो हुनु पर्ने बताउनुभएको छ । गत शैक्षिकसत्रमा बिद्यालयको नतिजा कमजाेर भएकोले शैक्षिक गुणस्तर सुधारकाे लागि शिक्षक, विद्यार्थी, अभिभावक र नगरिकले समन्वय गर्दै अगाडि पढेमा नतिजामा सुधार ल्याउन सकिने बताउनुभयो।
त्यसको लागि नगरपालिकाले शिक्षक, अभिभावक र विद्यालयका सराेकारवाला बिच निरन्तर छलफल अन्तरक्रिया गर्दै सिकाइ उपललब्धि परिणामुखि बनाउने याेजनामा लागेको प्रमुख योगिले बताउनुभयो। स्थानीय सरकारले विद्यालयको भौतिक संरचना पूर्णरूपमा व्यवस्थापन गर्न नसकेको भएपनि उपलब्ध स्रोत साधनहरूको अधिकतम प्रयोग गरी व्यावहारिक र नैतिक शिक्षाको लागि सरकार लागि परेको बताउनुभयो।
प्रमुख याेगिले नगरपालिकाले स्थानिय पाठ्यक्रम तयार गरि , उत्पादन र ब्यबहारिक शिक्षा लागू गर्दै एक वडा एक नमुना बिद्यालय बनाउने गरी नगरपालिका अगाडि बढेकाे बताउनुभयो । उहाँले आगामी शैक्षिकसत्रदेखि जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई अनिवार्यरुपमा सामुदायिक बिद्यालयमा पढाउने बाताबरण र नीतिलागू गर्न लागिएको जानकारी दिनुभयो । बिद्यालयमा शिक्षक दरबन्दी मिलानलाई प्राथमिकता दिएर काम गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीले जिल्लामा खस्कदै गएको शैक्षिक गुणस्तर सुधारको लागि सबै लागि परेकोले आगामी शैक्षिकसत्रमा शैक्षिक गुणस्तर सुधार हुनेमा आफू आशावादी भएको बताउनुभयो । जिल्ला स्थित सबै सरोकारवाला र शिक्षकहरुको नतिजा सुधारको लागि सक्रियता बढेको छ। उहाँले भन्नुभयो,”सबैको सहकार्य र सक्रियताले नै शैक्षिक नतिजामा सुधार आउने हो ।”
हामिले दिने शिक्षा संस्कार सहितको व्यवहारिक बनाउदै लैजानुपर्ने बताउनुभयो । व्यवहारिक र गुणस्तरीय शिक्षा बिना सक्षम नागरिक उत्पादन नहुने भन्दै त्यसको लागि सरकारले मात्र जिम्मा लिने नभई समुदाय र अभिभावकले समेत अग्रसरता देखाउनुपर्नेमा सुझाव दिनुभयो ।
सो कार्यक्रममा पत्रकार महासंघ प्युठानका अध्यक्ष श्रीराम भण्डारी, पुर्ब अध्यक्ष गेहराज पण्डित, शालिग्राम पण्डित लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले बिद्यालयले गुणस्तरीय तथा ब्यबहारिक शिक्षामा जोड दिएर जिल्लामा अझै उत्कृष्ट शैक्षिक संस्थाका रुपमा अगाडि बढ्न समेत सुझाब दिएका छन ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक इन्द्रमणि पाेख्रेलले बिद्यालयकाे समग्र अबस्था, चुनैती र आगामि बर्षकाे कार्ययाेजना सहितकाे प्रतिबेदन प्रस्तुत गर्नु भएको थियाे । साथै बिद्यालयकाे विभिन्न गतिविधिमा उत्कृष्ट कामगर्ने शिक्षक, विद्यार्थी अक्षयकोषदातालाई सम्मान तथा पुरस्कृत गरिएको थियाे ।
कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष यज्ञबिर पाण्डेको अध्यक्षता तथा शिक्षक माधब पाेख्रेलकाे सन्चालनमा कार्यक्रम सम्पन्न भएको हाे ।






S.K. Creative Media Group