प्युठान । जिल्लाको ऐरावती गाउँपालिका रोजगार सेवा केन्द्र मार्फत श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम संचालन भएको छ ।
श्रमजीविहरुको लागि नेपालको संविधान २०७२ मा भएको व्यवस्था बमोजिम श्रम तथा श्रमिकको मर्यादा, अभिबृद्धि तथा आन्त्रिक रोजगारी प्रवर्दन गर्ने ,न्यूनतम रोजगारी सिर्जना गर्ने, मानविय मर्यादालाई कायम राख्ने, सबै प्रकारका भेदभावलाई न्यूनिकरण गर्दै लैजाने, अन्र्ततह, अन्र्तनिकाय र नीजि क्षेत्रसंग बहुपक्षीय साझेदारी गर्ने , स्वदेशमै काम गर्ने संस्कृतिको विकास गर्ने, लगायतका उदेश्यले यो कार्यक्रम संचालन गरिएको रोजगार संयोजक विनोद कुमार त्रिपाठीले बताउनुभयो ।
सेवा केन्द्र मार्फत हालसम्म गाउँपालिकाका वडा नं २,४ र ५ मा यो कार्यक्रम सम्पन्न गरिसकेको र केही समयमै सवै वडामा यो कार्यक्रम गर्ने रोजगार संयोजक त्रिपाठीले बताउनभयो । जनप्रतिनीधि, टोल विकास समितिका पदाधिकारी, बुद्धिजीवि, समाजसेवी र वेरोजगार व्यक्तिलाई सहभागी बनाएर कार्यक्रम गरेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रमलाई सहभागीलाई प्रधानमन्त्री रोजगार निर्देशिका २०७५ सम्बन्धी जानकारी, रोजगारीको हक सम्बन्धी नियमावली २०७५, कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना संचालन तथा व्यवस्थापन कार्यविधि २०७७, वेरोजगार सूचि निर्धारण तथा प्राथमिकिकरण मार्गदशन २०७६, श्रमको सम्मान राष्टको अभियान २०७८ का बारेमा जानकारी दिएको रोजगार संयोजक त्रिपाठीले बताउनुभयो ।
त्यस्तै रोजगारी सम्बन्धी संघिय सरकारको अधिकार, प्रदेश सरकारको अधिकार र स्थानीय सरकारको अधिकार क्षेत्रको बारेमा जानकारी , वेरोजगार सूचि दर्ता अनुसुचि १ को बारेमा जानकारी र एकिकृत रोजगार प्रवद्र्धनको बारेमा पनि जानकारी गराएको उहाँले बताउनुभयो ।




S.K. Creative Media Group