प्यूठान । जिल्लामा यातायात सेवा सञ्चालनमा देखिएको समस्या, चुनौती र समाधानका उपायबारे ब्यबसायीबीच छलफल भएको छ । नमस्ते प्यूठान यातायात सेवा प्रालिले शनिबार आफ्ना ब्यबसायीसंग जिल्लाको समग्र यातायात संचालनमा देखिएको चुनौती र समाधानका विषयमा छलफल कार्यक्रम गरेको हो ।
प्रालिका उपाध्यक्ष केशब महतराकाे अध्यक्षतामा भएको छलफलमा सडककाे अवस्था राम्रो नहुदा यातायात ब्यबसायिले धेरै समस्या भाेग्नु परेकाे ब्यबसायीको गुनासो छ । महासचिव मुकेश थापाले पछिल्लो समय सडकको कारण ब्यबसायी मर्कामा परेकाे बताउनुभयो ।
कार्यक्रममा सेवा कल्याणकारी सचिव दिपेन्द्र कुवर, सञ्चालक हरि खड्काले छलफलमा यातायात ब्यबसायिले देखिएका चुनाैति कसरी सामना गर्ने भन्ने बिषयमा मन्तब्य राखेका थिए । कार्यक्रमकाे सञ्चालन कार्यालय प्रमुख दिल बहादुर दसौंदिले गर्नुभएको थियाे ।




S.K. Creative Media Group