प्यूठान । प्यूठान उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । भर्खर सप्पन्न मनोनयन दर्ता अबधिमा सात वटा पदमा एकल मनोनयन दर्ता भएको हो ।
अध्यक्ष सन्देश आचार्य, वरिष्ठ उपाध्यक्ष कृष्णभक्त गिरी, वाणिज्य उपाध्यक्ष रामचन्द्र पौडेल, उद्योग उपाध्यक्ष गोविन्द कार्की, महासचिव झबिन्द्र शर्मा, उपमहासचि पशुपति श्रेष्ठ र कोषाध्यक्ष कुमार श्रेष्ठ चयन हुनुभएको छ ।
यसअघि सबै बजार क्षेत्रबाट जिल्ला प्रतिनिधि चयन भएका छन । सबै बजार क्षेत्रमा पनि सर्वसम्मत कार्यसमिति चयन भएको थियो । यहि चैत २ गते संघको साधारणसभा तथा अधिवेशनको औपचारिक कार्यक्रम हुँदैछ ।



S.K. Creative Media Group