प्युठान । कम्प्युटर एशोसियशन नेपाल ९क्यान० महासंघ प्युठान शाखाले आउदै गरेको विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । शनिबार मन्लरानी गाउँपालिकाको आन्तरिक पर्यटकीय गन्तव्य मल्लरानी डाँडामा पुगेर शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

क्यान महासंघ प्युठानले सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट जिल्लामा प्राविधिक सेवा, ज्ञान, सीप र दक्षता प्रदान गरी राष्ट्रिय विकाशमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको क्यान महासंघ प्युठान शाखा अध्यक्ष एकराज बुढाथोकीले जानकारी दिनुभयो।

जिल्ला शाखामा आवद्ध सूचना तथा सञ्चार प्रविधिसंग सम्बन्धित उद्यमी व्यवसायीहरु तथा विभिन्न तहमा रहेर सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सेवा दिईदै आउनुभएका व्यक्ति तथा संस्थाहरुको सहकार्यमा शुभकामना आदानप्रदान गरिएमो अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

क्यान महासंघ प्युठान शाखाको आयोजनामा गरिएको दशै विशेष शुभकामना आदानप्रदान कार्यक्रमको क्यान महासंघ प्युठानका अध्यक्ष एकराज बुढाथोकीको अध्यक्षता तथा क्यान महासंघका लुम्बिनी प्रदेश सदस्य तुलस रोकाको अतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यसमिति लगायत साधारण सदस्यहरुको उपस्तिथि रहेको थियो ।

आउदै गरेका नेपालीहरुको महान चाडहरु दशै, तिहार, छठ, नेपाल सम्वत लगायतका सम्पुर्ण पर्वहरुले हरेक नेपालीको घर घरमा सुख शान्ती, समृद्धि, प्रगति र अ्मनचयनको कायम होस् भनी शुभकामना व्यक्त गरिएको थियो । यस्ता चाडपर्वहरुले सम्पुर्णमा भाइचारा सम्बन्ध, एकता र आपसी सद्भाव कायम हुने विश्वास लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय