सरद बिष्ट
प्युठान । “सास्कृतिक बिविधता नेपालकाे मुख्य बिशेषता हामी पनि एक अम्स भराै, मगर कला र सस्कृतिकाे संरक्षणण गराै” भन्ने मुल नाराका साथ स्वर्गद्वारी नगरपालिका वडा न-७ स्थित तापामा माघे सङ्क्रान्ति मेला एक भब्य कार्यक्रमका बिच उद्घाटन भएकाे छ ।

वडास्तरिय जनजाति सञ्जाल तथा नेपाल मगर सङ्घ इकाई कमिटी, स्वर्गद्वारी नगरपालिका -७, तापाका अध्यक्ष नेत्र बहादुर मगरकाे अध्यक्षतामा सञ्चालन भएकाे उक्त कार्यक्रममा नगरपालिकाका नगर उपप्रमुख मिनराज रानाकाे प्रमुख आथित्य रहेकाे थियाे । कार्यक्रमका प्रमुख अतिथि रानाले माघे सङ्क्रान्ति मेला आदीबासीहरूकाे महान चाड भएकाेले यस पर्वलाई विशेष महत्वका साथ हेर्नू पर्ने बताउनुभयो । पालिकामा मगरहरूकाे बस्ती र समुदयहरूकाे बाक्लै उपस्थिति रहेतापनि अन्य जातजाति भन्दा मगरहरू पछाडी परेकाे गुनासाे गर्नुभयो ।

उहाँले नगरपालिकाभित्र अब थाेरै भएपनि जनजातितर्फबाट जन प्रतिनिधि र कर्मचारीहरूकाे उपस्थितिले सिङ्गाे नगरपालिका भित्र जातिय सन्तुलन रहेकाे बताउनुभयो । “माघे सङ्क्रान्ति मगरहरूकाे विशेष महत्वकाे पर्व भएकाेले माघ १ गते नाचगान गरेर मात्र पुग्दैन, मगरहरूकाे भाषा, साहित्य, धर्म , सस्कृति, भेषभुषा र परम्परा जगेर्ना गर्न आबश्यक छ ।”, उहाँले भन्नुभयो ।

स्वर्गद्वारी नगरपालिका वडा न. -७, तापा स्थित ज्ञान ज्याेति प्राथमिक विद्यालयको प्राङगणमा सञ्चालन भएकाे कार्यक्रम ३ दिनसम्म सञ्चालन रहने आयाेजकले जनाएकाे छ । कार्यक्रम अबधिभर खेलकुद अन्तर्गत नगरपालिका भित्रका १३ वटा टिम नेपालकाे राष्ट्रिय खेल भलिबल खेलकाे लागि दर्ता भएका छन् भने दर्शकहरूलाई रमाइलोकाे लागि विभिन्न बिधाका नृत्य तथा गायन कला पनि प्रस्तुत गरिने भएकाे छ। उद्घाटनकाे पहिलाे दिन प्यूठान आइडल-२०७९ कि बिजेता बिरा घर्तीमगरले आफ्नाे प्रस्तुति राख्नुभएको थियो ।

नगर जनजाति सञ्जालका काेषाध्यक्ष लङ्क बहादुर घर्ति मगरकाे स्वागत मन्तब्यबाट सुभारम्भ भएकाे उक्त कार्यक्रममा वडा न -७ का वडा अध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि सुरज पुन मगरले आफ्नाे मनतब्य राख्नुभएको थियो ।

कार्यक्रममा कार्यपालिका सदस्यहरू,विभिन्न पार्टी प्रतिनिधि, नगरपालिकाकाे विभिन्न शाखा प्रमुखहरू, सुरक्षाकर्मी, पत्रकार तथा स्थानीय नागरिकहरूकाे सहभागीता रहेको उक्त कार्यक्रमकाे आर्थिक सहयाेग स्वर्गद्वारी नगरपालिका महिला बालबालिका तथा ज्यष्ठ नागरिक शाखा, स्वर्गद्वारी नगरपालिका वडा न-७ काे कार्यालय र नेपाल मगर सङ्घ ईकाई कमिटी, स्वर्गद्वारी नगरपालिका -७, तापा प्यूठानको आयाेजनामा सञ्चालन भएकाे हाे । कार्यक्रमकाे सहजीकरण पत्रकार सि. पि. पाैडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय