अनिल नेपाली
अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाँउपालिका अध्यक्ष टेकराज न्यौपानेले छरिएर रहेका सहकारीलाई एकीकृत गर्दै लैजानुपर्ने बताउनुभएको छ । उहाँले सहकारीको प्रबद्र्धन र विकास गनु आजको प्रमुख आबश्यकता भएको बताउनुभएको छ । सनिवार पाणिनी दुग्ध सहकारी संस्था लिमिटेड अर्घाखाँचीको विशेष साधारणसभा तथा दुर्गाफाँट डेरीको दोश्रो बार्षिक उत्सबलाई सम्वोधन गर्ने क्रममा अध्यक्ष न्यौपानेले यस्तो बताउनुभएको हो ।
अध्यक्ष न्यौपानेले सहकारीले विगत लामो समय देखि किसानको पक्षमा काम गर्दै आएको प्रति प्रसंशा गर्नुभएको थियो । सहकारीलाई उधोगमा रुपान्तरण गरी कृषकको आर्यआर्जनमा समेत परिबर्तन ल्याउनुपर्ने बताउनुभयो । सहकारीलाई उधोगको रुपमा विकास गर्न गाँउपालिकाले आबश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सहकारीले बार्षिक उत्सबको अबसरमा किसानलाई नगद र न्यानो कपडा सहित सम्मान गरेको छ। कार्यक्रममा सहकारीमा अध्यक्ष बाबुराम घिमिरे भुबनले सस्थाको सागठनिक तथा बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गनुभएको थियो भने सस्थाको आर्थिक प्रगति प्रतिबेदन सस्थाका सदस्य कृष्ण प्रसाद बेल्बासेले प्रस्तुत गर्नुभएको थियो । स्थानीय ४३ जना शेयर सदस्यको लगानीमा स्थापना भएको सहकारीको हालसम्म ३० लाख कुलपुजी जम्मा भएको छ ।
साधारणसभा कार्यक्रममा गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने वडा न २ का अध्यक्ष चन्द्रकान्त पौडेलले मन्तब्य राख्नुभएको थियो । सहकारी संस्थाका अध्यक्ष बाबुराम घिमिरे भुबनको अध्यक्षता तथा कोषाध्यक्ष हरि प्रसाद पोख्रेलको स्वागत मन्तब्य सल्लाहकार रोमकान्त बेल्बासेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सस्थाका शेयर सदस्य सञ्चारकर्मी समाजसेबी लगायतको सहभागीता रहेको थियो ।