प्युठान । राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानद्वारा खलंगामा संचालित शारीरिक अपाङ्गता आवास गृहलाई एक कार्यक्रमको आयोजना गरि सहयोग सामग्री वितरण गरिएको छ।

श्री बर्द बहादुर गण खलंगा प्युठानको सहयोगमा अवासगृहलाई तत्काल आवस्यक पर्ने सामग्री वितरण गरिएको बर्द बहादुर गणका प्रमुख शेनानी रमेश थापाले बताउनु भयो। उहाँले भन्नू भयो “जनहित कार्य अंतरगत हामीले अपाङ्गता भएका बालबालिकालाई लत्ताकपडा, खाद्यान्न, शैक्षिक सामग्री र वाटर डिस्पेन्सर वितरण गरेका छौँ ”

र्राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको आग्रह र समन्वयमा हामीले सहयोग गर्नपर्ने आवस्यकता देख्यौं” अपाङ्गता भएका बालबालिकाको शिक्षालाई थप हौसला र उर्जा प्रदान गर्न करिब पचास हजार बराबरको सामग्री हस्तान्तरण भएको उहाँले जानकारी दिनु भयो।

पौष २७ गते ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर सामग्री वितरण कार्यक्रमको आयोजना गरिएको हो। सोही कार्यक्रममा पृथ्वीनारायण शाहको फोटोमा माल्यर्पण समेत गरिएको थियो।

जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसले समाजमा पछाडि पारिएका अपाङ्गता भएका बालबालिकालाई सबैतह बाट सहयोग गर्न पर्ने औल्याउँदै जिल्ला समन्वय समितिले संबंधित निकायमा पहल र समन्वय गरिने बताउनु भएको थियो।

प्रमुख जिल्ला अधिकारी नारायण पर्साद अर्यालले अपाङ्गता भएका ब्यक्तिहरु विभिन्न प्रकारको भएता पनि उनीहरुको संरक्षण तथा आवस्यक सहयोग गर्न सबैतहको भुमिका हुनु पर्ने बताउनु भयो ” उहाँले आफ्नो तहबाट आवस्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो साथै उहाँले स्थानीय तह लगाएतका निकायहरुले विशेष ध्यानदिनु पर्ने बताउनु भएको थियो ।

राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानका निवर्तमान अध्यक्ष जुमान सिंह केसीले शारीरिक अपाङ्गता अवासगृह संचालन गर्नुको उदेश्य, हालको ब्यबस्थापन तथा अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो उहाँले बालबालिकालाई हौसला पुग्नेगरि सहयोग सामग्री पर्दान गरेकमा गणलाई हार्दिक धन्यवाद प्रकट गर्नु भएको थियो।

कार्यक्रममा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्का, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, राष्ट्रिय अपाङ्ग सेवा संघका पदाधिकारी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो।
सहयोग सामग्री वितरण तथा राष्ट्रिय एकता दिवस कार्यक्रमको संचालन मेजर धर्मराज पाण्डेले गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय