![](https://saharakhabar.com/wp-content/uploads/2024/01/FB_IMG_1705223767292.jpg)
प्युठान । ऐरावती गाउँपालिकाले ६० जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्द गराउन लागेको छ । पालिका भित्रका ६ वटै वडाबाट १०/१० जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्द गराउन लागिएको गाउँपालिकाले जनाएको छ ।
उक्त विषयमा आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा कोष काठमाण्डौंसंग सम्झौता गरिएको गाउँपालिका अध्यक्ष नबिल बिक्रम शाहले जानकारी दिनुभयो ।
पालिका र सुरक्षा कोषको तर्फबाट तयार गरिएका बिभिन्न सर्तहरु कायान्वय गर्ने गरी सामाजिक सुरक्षा कोषका उप कार्यकारी निर्देशक विवेक पन्थी र गाउँपालिका अध्यक्ष शाहले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
गाउँपालिकाको अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना संञ्चालन कार्यविधि २०७९ अन्तर्गतका श्रमिक र स्वरोजगार व्यक्तिहरुलाई कोषमा आवद्ध गर्ने, उनीहरुको योगदान रकम संकलन गर्ने र ऐन, नियमावली तथा कार्यविधि बमोजिम सरकारको तर्फवाट सह योगदान गर्ने गरि सम्झौता पत्रमा उल्लेख छ । गाउँपालिकाको १४ औ गाउँसभाले सामाजिक सुरक्षा कोषमा आवद्ध हुने निर्णय गरेको थियो ।