प्यूठान । प्यूठानमा जापानी भाषाका कलास सुरु हुनेभएको छ। जिल्लाको प्यूठान नगरपालिका-४ जुम्री स्थित ब्राइट फ्युचर एजुकेसन सेन्टरले जापानी भाषा जिरो(0)लेबल देखि (N4) को लेभलसम्म कक्षा सुरु हुने भएको हो।
यसै शैक्षिकसत्र देखि जापानी भाषा संचालन गरिन लागिएको ब्राइट फ्युचर एजुकेसन सेन्टरका प्रमुख उदयमणी पोख्रेलले जानकारी दिनुभयो । अन्यत्र जिल्ला गएर भाषा सिक्न झन्झट र खर्च समेत बढ्ने भएकोले जिल्लाबाटै सहुलियतमा भाषा सिक्न चाहाने युवायुवतीलाई लक्ष्यित गरि एजुकेसन सेन्टर संचालनमा ल्याइएको पोख्रेलले बताउनुभयो ।
आफुले घोराहीमा लामो समय भाषा इन्चिच्युटमा अध्यापन गराउदै आएको लामो अनुभव भएकोले अनुभव र दक्षता जिल्लामा नै प्रयोग गर्ने गरि भाषा सेन्टर संचालनमा ल्याएको उहाँले जानकारी दिनुभयो । वैदेशिक रोजगारीमा जापान गएर करिब १३ वर्ष काम गरेर नेपाल फर्किएको र अब जापानमा सिकेको त्यो सीप, दक्षता र क्षमता आफ्नै जिल्लामा प्रयोगमा ल्याउन खोजिएको पोख्रेलले बताउनुभयो ।
यदि जिल्ला बासी तथा अन्य जिल्लाका इच्छुक युवायुवतीले जापानी भाषा सिक्न सम्पर्क गरि आफ्नो सिट सुरक्षित गर्न समेत अनुरोध गर्नुभएको छ । जापानमा उच्च शिक्षासंगै उज्वल भविष्य बनाउने उदेश्य राखेका विद्यार्थीको चाहना पुरा गर्ने समेत प्रतिबद्ध रहेको उहाँको भनाइ छ । जापानी भाषा सिकेर जापान तथा अन्य देशमा अध्यायन र रोजगारीको लागि समेत यस सेन्टरबाट सहजीकरण गरिने बताउनुभयो ।



S.K. Creative Media Group