प्यूठान । नेकपा एमाले जिल्ला कमिटी प्यूठानका सचिवालय सदस्य रामचन्द्र केसीले श्रमदान गर्नुभएको छ । जन्मदिनको अवसरमा शनिवार नेकपा एमाले प्यूठानका मल्लरानी गाउँ कमिटीका अध्यक्ष नोमराज पौडेलको कागती बगैचामा श्रमदान गर्नुभएको हो ।
जन्मदिनको अवसर पारेर कागती बगैचामा गोडमेल र मल राखिएको हो । करीव एक सय गोटा कागतीका बिरुवामा गोलमेड गरिएको केसीले बताउनुभयो । गाउँमा रहेका बाझो जमिनमा ठाउँ अनुसारको खेती गर्न प्रेरणा मिलेको समेत उहाँले बताउनुभयो ।



S.K. Creative Media Group