प्यूठान । युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानका सचिब किरण पन्थीले पर्यटकीय क्षेत्र मल्लरानीमा सरसफाई सहित आफ्नो जन्मदिन मनाउनु भएको छ । मल्लरानीमा सरसफाई गर्ने उदेश्यले नै उक्त स्थानमा सरसफाई सहित जन्मदिन मनाउनुभएको हो ।
पछिल्लो समय मल्लरानीमा आन्तरिक पर्यटक बढ्दै गएका छन । नयाँ वर्षको अवसर पारेर मल्लरानीमा खाना महोत्सव समेत संचालन हुँदैछ । खाना महोत्सवलाई ब्यबस्थापनको लागि समेत छलफल र अवलोकन गरिएको पन्थीले बताउनुभयो ।



S.K. Creative Media Group