प्यूठान । माण्डवी गाउँपालिका वडा नम्बर ३ ले पालिकाका अति विपन्न विद्यार्थीलाई आवासीय रुपमा पठनपाठन गराउने योजना अघि बढाएको छ । पालिका भित्रका अति विपन्न बालबालिकालाई निःशुल्क आवासीय शिक्षा कार्यक्रम सञ्चालन गर्ने गरि प्रक्रिया अघि बढाएको हो ।

वडा अध्यक्ष धनेन्द्र कार्कीले गाउँपालिकाका पाँच वटा वडाका गरिब, अनाथ, असहाय तथा अभिभावकविहीन बालबालिकालाई कक्षा १ देखि १२ सम्म आवासीय सुविधा सहितको निःशुल्क शिक्षा प्रदान गर्ने गरि योजना अघि बढेको बताउनुभयो ।

वडा नम्बर ३ नयाँगाउँ स्थित माण्डवी माध्यमिक विद्यालयलाई केन्द्र बनाई आगामी शैक्षिक सत्र २०८२ देखि कार्यक्रम लागू गरिने समेत उहाँले जानकारी दिनुभयो । वडाले सार्वजनिक सूचना प्रकाशन गरेर यसबारे सबैलाई जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय