
प्यूठान । विजय फूलवारी बचत तथा ऋण सहकारी संस्थाले प्रकाशन गरेको भित्तेपात्रो बिमोचन गरिएको छ । आइतबार संस्थाको केन्द्रीय कार्यालय जुम्रीमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान सहित भित्तेपात्रो बिमोचन गरिएको हो ।
संस्थाका उपाध्यक्ष राधा पुलामीको अध्यक्षतामा भएको कार्यक्रममा प्यूठान नगरपालिकाका प्रवक्ता सुमन श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत संचालक समिति सदस्य प्रभात श्रेष्ठ र संचालन सचिब मोहन सुबेदीले गर्नुभएको थियो ।