प्यूठान । तेस्रो मल्लरानी खाना महोत्सवमा बैशाख १ गते दर्शक भरिभराउ भएका छन । नयाँ वर्षको दिन जिल्लाका बिभिन्न ठाउँबाट महोत्सव अबलोकन गर्न सर्वसाधारण पुगेका थिए ।

महोत्सवको दोस्रो दिन कलाकार प्रचण्ड जिसी, नारायणी खत्री, बबिता गुरुङ र रितु थापाको प्रस्तुति रहेको थियो । मंगलबारसम्म चल्ने महोत्सवमा बिभिन्न खानाका परिकारको स्टल रहेका छन ।

प्युठान उद्योग वाणिज्य संघ मल्लरानी बजार क्षेत्रले आयोजना गरेको महोत्सवमा बिभिन्न सरकारी, गैर सरकारी, निजी क्षेत्रले सहयोग गरेका छन । महोत्सवको अवसरमा बिशेष छुटमा जिपलाईन समेत संचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय