
प्यूठान । नमस्ते प्यूठान यातायात सेवा प्रालिले प्यूठानबाट काठमाडौं छुट्ने गाडीको समय तालिका परिमार्जन गरेको छ । दाउन्नेमा सडक मर्मत गर्नका लागि सडक बन्द हुने भएपछि प्रालिले समय तालिका परिवर्तन गरेको हो ।
एसी बस खलंगाबाट २:३० बजे छुट्ने प्रालिले जनाएको छ । डिलक्स बस बाग्दुलाबाट ३:३० बजे छुट्ने प्रालिले प्रेस बिज्ञप्ती जारी गरेर सार्वजनिक गरेको छ ।
पुर्वि नवलपारासीको दाउन्ने सडकमा बैशाख १५ गते सम्म रातको समयमा ११ बजे देखी बिहानको ५ वजे सम्म सडक पुर्ण रुपमा बन्दगरी सडक निर्माणको काम भईरहेको छ ।
नमस्ते प्यूठान यातायात सेवा प्रालिले विगत ८ वर्ष देखी प्यूठान जिल्ला बाट यातायात सेवा दिदै आएको छ । पछिल्लो समयमा काठमाण्डौँ यात्रा गर्दा विभिन्न सडक जामको कारणले गर्दा यात्रुले कष्टकर यात्रा गर्नुपरेको छ ।