काठमाडौं । देशभरका सामुदायिक बिद्यालयहरुका आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नयाँ बानेश्वरमा धर्ना दिएका छन् । शिक्षकहरुले मंगलबार माइतिघरबाट नारा जुलुस र प्रदर्शनसहित बानेश्वर पुगेर सडकमा धर्ना दिएका हुन् । सरकारले आफ्ना माग सम्बोधन नगरेसम्म काममा नफर्किने अडान कायमै राख्दै आन्दोलनलाई थप शसक्त बनाउने बताएका छन् ।

नयाँ बानेश्वरको निषेधित क्षेत्रबाट अघि बढ्न प्रहरीले रोकेपछि आफुहरु सडकमै धर्ना दिएर बसेको आन्दोलनरत शिक्षक जायश्वर जैसीले जानकारी दिनुभयो । पटकपटक आफूहरूसँग भएका सहमतिका आधारमा कार्यान्वयन गर्नुपर्ने र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै नेपाल शिक्षक महासंघले लगातार काठमाडौं केन्द्रीत आन्दोलन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

शिक्षकहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र प्रभावित भएको छ । महासंघले संसद्को वर्षे अधिवेशन तत्काल बोलाएर, विशेष अधिवेशन आह्वान गरेर वा अध्यादेशबाट शिक्षा ऐन जारी गर्नुपर्ने अडान शिक्षक महासंघले राखेको छ ।

सरकारले पटकपटक शिक्षक महासंघलाई वार्तामा आउन आव्हान गरेपनी महासंघ वार्तामा गएको छैन । सरकारले  महासंघसँग धेरै पटक सहमति गरेपनी सहमति भएका मागहरु कार्यान्वयन नभएको र झुक्याएको भन्दै निर्णायक वार्ता नभएसम्म नबस्ने जनाएको छ ।

महासंघले विद्यार्थी भर्ना अभियानमा सहभागी नहुने,कक्षा १२ को परीक्षा कार्यक्रममा सहभागी नहुने, एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने निर्णय समेत गरेको छ । आफ्ना माग पूरा नभएसम्म शैक्षिक हडताल जारी राख्ने महासंघले जनाएको छ ।

शिक्षकहरूको आन्दोलनका कारण बिद्यालयका गतिविधि ठप्प 

नयाँ शैक्षिकसत्र सुरु भएपनी देशैभरका शिक्षकहरूको काठमाडौ केन्द्रिय आन्दोलनका कारण सामुदायिक बिद्यालयका गतिविधि ठप्प प्रायः भएको छ । सामुदायिक बिद्यालयकोको गतिविधि ठप्प भएपनी देशभर निजि बिद्यालयले भने विद्यार्थी अभियानलाई तिब्र बनाएको छ ।

सामुदायिक बिद्यालयका आन्दोलनरत शिक्षक र कर्मचारीहरु १४ दिनदेखि आन्दोलनरत हुँदा नयाँ शैक्षिकसत्र सुरु भएपनी बिद्यालयमा भर्ना अभियान नभएको कारण थप अन्योल सृजना भएको छ जानकारहरु बताउँछन् । तर निजि बिद्यालयले भर्ना अभियानलाई विद्यार्थी र अभिभावक माझ पुर्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय