प्यूठान । मल्लरानी खाना महोत्सवमा बिभिन्न ब्यक्तिलाई सम्मान गरिएको छ । मल्लरानी बजार क्षेत्रले आयोजना गरेको खाना महोत्सवको शुरूवात गर्ने बजार क्षेत्रका निवर्तमान अध्यक्ष बासुप्रसाद श्रेष्ठलाई सम्मान गरिएको हो । उहाँले मल्लरानीको पर्यटन प्रवर्द्धन गर्न ब्यक्तिगत लगानीमा भगवती मन्दीर निर्माण गर्नुभएको छ ।
महोत्सवलाई निरन्तर सहयोग गर्दै आउनुभएका सल्लाहकार नारायण नकर्मी, संघका कार्यकारी निर्देशक प्रकाश खनाललाई सम्मान गरिएको छ ।
त्यसैगरी प्यूठान उद्योग वाणिज्य संघले आफ्नो नियमित कार्यक्रम अन्तर्गत प्रकाशन गरेको क्यालेन्डर मल्लरानी खाना महोत्सवको समापन कार्यक्रममा अतिथिलाई प्रदान गरिएको छ ।




S.K. Creative Media Group