प्यूठान । जिल्लाको बाग्दुला मच्छी सडकको बतासेडाँडा-मच्छि खन्डकाे घुम्नेठाटीमा अबरुद्ध सडक ५ घण्टापछि खुलेको छ । बिहानैदेखि परेको वर्षाको कारण निर्माणाधीन सडक चिप्लो भएर यात्रुबाहक बस चिप्लिएर निस्कन नसकेपछि अवरुद्ध सडक एक्साभेटरको सहायताले तानेर सडकमा पसेको बस निकालेपछि अहिले १२:३० बजे खुलेको हो ।

सडक अवरुद्ध हुँदा उक्त सडक भएर आउजाउ गर्ने सयौं यात्रुलाई सास्ती भएको छ । गन्तव्यमा हिडेका यात्रु र साना ठुला सयौं यातायातका साधन रोकिएका थिए । सडक बनाउन प्रयोग गरिएका निर्माण कम्पनीका दुइवटा एक्साभेटरको सहायताले चिप्लिएर सडकको ढिकमुनी पुगेको बसलाई सकुशल निकालिएको छ । अहिले उक्त सडकमा झिमरुक पालिकाको पहलमा व्याक कटिङ्ग र संरचनाको काम भैरहेको छ ।

प्यूठानको अति व्यस्त तथा महत्त्वपूर्ण सडकको रुपमा हेरिएको बाग्दुला-मच्छी-गौमुखी सडक अन्तर्गत जिल्लाको झिमरुक गाउँपालिका-६ स्थित बतासेडाँडा-मच्छि सडक खण्डमा सडकलाई चौडा बनाउन भित्ता काट्ने काम सुरु भैरहेको छ ।बतासेडाँडा मच्छि सडक विस्तार कार्य अन्तर्गत यस ठाउँमा भित्ता काटेर फराकिलो बनाउने काम भइरहेको हो ।

झिमरुक गाउँपालिकाको ३ करोड, र पालिकाकै १ करोड संघिय समपुरक अनुदान १ करोड गरि जम्मा ५ करोड बजेट बिनियोजन गरिएको इन्जिनियर अशोक जिसीले जानकारी दिनुभयो । आर्थिक वर्षको असार मसान्तसम्म काम सक्ने गरि कार्की-अमृत, जेभी, रम्भा-५ पाल्पाले ३ करोड ५ लाख ९० हजार ४ सय ८९ रुपैया ५५ पैशा पिएस र भ्याट सहितमा यहीँ माघ ८ गते झिमरुक गाउँपालिकासँग सम्झौता गरि काम शुरु गरेको छ ।

ब्याक कटिङ, पक्की नाली, कल्भट, कजवय, पलम संरचना र ग्याबिन जालिहरुको काम हुने पालिका अध्यक्ष पित बहादुर महतर क्षेत्रीले जानकारी दिनुभयो। जेठमसान्तसम्म काम सक्ने लक्ष सहित तिब्र रुपमा काम भैरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय