प्यूठान । माण्डवी गाउँपालिका वडा नम्बर ३ ले वडाका जनप्रतिनिधि, सरकारी कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकले अनिवार्य रुपमा आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ ।
वडाले सूचना प्रकाशित गरेर सबैलाई सामुदायिक विद्यालयमा पढाउन आग्रह गरेको हो । निर्णय नमान्ने ब्यक्तीको वडाले प्रदान गर्ने सेवा सुबिधाबाट बन्चित गरिने वडा अध्यक्ष धनेन्द्र कार्कीले बताउनुभयो ।



S.K. Creative Media Group