कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता यमलाल खनालले कारागार तथा हिरासत कक्षको अनुगमन जारी राख्नु भएको छ । कपिलवस्तु जिल्लाको गोरुसिङ्गेमा रहेको इलाका प्रहरी कार्यालयमा रहेका हिरासत कक्ष तथा प्रशासनिक अवस्था, मुद्दाको अनुसन्धानसम्बन्धी पक्षको अनुगमन गर्नु भएको हो ।
मुख्य न्यायाधिवक्ताले चुस्त र प्रभावकारी प्रशासकीय सेवा प्रवाहका लागि निर्देशनात्मक सुझाव दिनु भएको छ । प्रशासनिक चापका आधारमा जनशक्तिको अभाव रहेको र त्यसको व्यवस्थापनका लागि थप जनशक्ति माग गरिएको जानकारीसमेत दिइएको छ ।
सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यले तामेलीमा रहेका विवादहरूलाई शीघ्र समाधान गर्न पहल गरिने भएको छ ।
अनुगमनका क्रममा सुधार आवश्यक देखिएको पक्षमा सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत दिइएको जनाइएको छ ।



S.K. Creative Media Group