प्यूठान । पूर्व उपराष्ट्रपति एवं नेकपा (माओवादी) केन्द्रका उपाध्यक्ष नन्द बहादुर पुनले आफु पार्टीको जिम्मेवार व्यक्ति भएकोले अहिले पुनः पार्टी राजनीतिमा सक्रिए रहेको बताउनुभएको छ । दुई कार्यकाल उपराष्ट्रपति बन्नुभएका पुनले पार्टीको कार्यविभाजन अर्न्तगत आफूले उक्त जिम्मेवारी पाएको र अहिले पार्टिकै काममा जोडिएको बताउनुभएको हो ।

प्रेस सेन्टर नेपाल जिल्ला समिति प्यूठानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधानले उपराष्ट्रपतिलाई पार्टी राजनीतिमा लाग्न बन्देज नगरेको बताउनुभयो । आफू अव सांसद, मन्त्री बन्नका लागि पार्टीमा नजोडिएको उहाँको भनाई छ ।

“म फेरी सांसदका लागि चुनाव लड्न मरिहत्ते गर्ने, मन्त्री बन्न मरिहत्ते गर्ने त्यस्तो मेरो कुनै लक्ष्य होइन,” उहाँले भन्नुभयो,“मेरो शुद्ध पार्टी क्रान्ति, जनता मुक्तिको लागि मैले पार्टीलाई सुदृढ गर्ने कुरा, बैचारिक राजनीतिक रुपले सभागी बन्ने कुरा, पार्टी भित्रका अनेक राजनीतिक घटनाक्रममा बहस र छलफल गर्ने कुरा प्रत्येक कम्युनिष्ट क्याडरले गर्ने कुरा भएकाले म राजनीतिमा आएको हो ।”

पत्रकारहरुले राष्ट्रपति नि भन्ने प्रश्नमा पुनले भन्नुभयो,“राष्ट्रपति त म भन्दा माथीको पोष्ट भयो । माओवादीले निर्णय गरेर पठाएमा त्यसमा खुला छ । त्यो नैतिक नै हुन्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय