प्युठान । प्युठान नगरपालिका वडा नम्बर ८ स्थित गेजवाङमा बेसार प्रशोधन केन्द्र स्थापना भएको छ । जापान सरकारको आर्थिक सहयोगमा केन्द्र स्थापना गरिएको हो ।

 

नेपालका लागि जापानी राजदुत किकुता युटुकाले किकुता युटाकाले परियोजना सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।
वडाका करिव ५५० घरधुरीले बिशादी प्रयोग नगरिएको बेसारको
धुलो बनाएर बिक्री गर्न सके राम्रो मुल्य पाउने बिश्वास व्यक्त गर्नुभयो ।

जापान सरकारले सामाजिक-आर्थिक बिकासका लागि भोल नेपाल अन्तर्गत करीब १ करोड रुपियाँ सहयोग उपलब्ध गराएको थियो । केन्द्रबाट गुणस्तरीय उत्पादन र राम्रो मुल्य पाउने राजदुत युटाकाको बिश्वास छ । उहाँले नेपाल र जापन बीचको सम्बन्ध अझ थप मैत्रीपुर्ण हुने आशा व्यक्त गर्नुभयो ।

कार्यक्रममा भोल नेपालका शिव रिमालले बेसार खेतीका लागि स्थानीयले देखाएको उत्साहको प्रशन्सा गर्नुभयो ।

नगरपालिकाका उप-प्रमुख देवेन्द्र वर्माले अर्गानिक र ब्याबसायिक उत्पादन गर्न सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो । उहाँले नगरवासीको आर्थिक बिकासका लागि कोशेढुङा सावित हुने बताउनुभयो ।

धर्मावती महिला बचत तथा ऋण सहकारीका अध्यक्ष पबित्रा जिसीले सहकारीका महिला, महिला उद्यमीको आयआर्जन बढाउन केन्द्रले सहयोग पुग्ने बताउनुभयो । केन्द्र स्थापना गर्न सहयोग गर्ने स्थानीय सरकार र जापान सरकारलाई धन्यवाद दिनुभयो ।

फ्रान्सका पुर्व राजदुत मोहन कृष्ण श्रेष्ठले जापान सरकार र नेपालबीच ६७ वर्षको मित्रता रहेको भन्दै जापान सरकारले नेपालको बिकासमा धेरै सहयोग गरेको बताउनुभयो ।

नगरप्रमुख बिष्णु बहादुर योगीले केन्द्रको नियमित संचालन र दिगोपना दिने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमको संचालन वडा सचिब कृष्ण थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय