काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ। सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मन्त्रीले राजीनामा पत्र दिनुभएको छ । मन्त्री भट्टराईले राजीनामा दिएको उहाँका प्रेस सल्लाहकार रामजी लम्सालले जानकारी दिनुभयो ।

‘प्रधानमन्त्रीज्यूलाई भेटेर राजिनामा पत्र बुझाउनुभएको छ । अब स्वीकृत हुन्छ होला’,लम्सालले भनाइ रहेको छ।
शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरू
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै २० दिनदेखि काठमाडौंमा आन्दोलनरत रहेकै समयमा शिक्षामन्त्रीको राजीनामा आएको हो ।

शिक्षकहरुले शिक्षामन्त्री, सभामुख र प्रधानमन्त्रीसँग समेत छलफल गरिसक्दा समेत आन्दोलन रोक्न शिक्षकहरु तयार छैनन् । भट्टराईले मन्त्रीबाट राजीनामा दिनुको कारण भने खुलिसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय