काठमाडौं । यहीँ वैशाख ११ गतेदेखि तय भएको कक्षा १२ को परीक्षा सार्न राष्ट्रिय परीक्षा बोर्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ । अर्को सूचना जारी नभएसम्मका लागि १२ कक्षाको परीक्षा स्थगित भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।
मंगलबार बिहानमात्र परीक्षा बोर्डको बैठकले शिक्षक आन्दोलनका बाबजुद पनि परीक्षा पूर्वनिर्धारित मितिमै सञ्चालन गर्ने बताएको थियो । शिक्षकहरू बिद्यालयमा नफर्किएको अवस्थामा निजामती कर्मचारी परिचालन गरेर परीक्षा सञ्चालन गर्ने विकल्पमा पनि सरकारको तयारी थियो ।
तर यता शिक्षा ऐन जारी नभएसम्म शैक्षिक हडताल जारी राख्ने र आन्दोलनरत शिक्षकहरुले परीक्षा गराउन सामेल नहुने जनाएका थिए । शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्योलमा थियो । तर, ५ लाख ११ हजार विद्यार्थी र अभिभावक परीक्षा नहुने भएपछि थप अन्योलमा भएको छ ।



S.K. Creative Media Group