काठमाडौँ । नेकपा एमालेका नेता रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त हुनुभएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गर्नुभएको हो ।

शिक्षामन्त्री विद्या भट्टराईले गत सोमवार पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदका लागि सरकारले आजै पन्तको नाम सिफारिस गरेको थियो । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पन्तको शपथ ग्रहण भने भोलि हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय