पाल्पा । पाल्पामा जिप दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालकिा-१ सिद्धेश्वको असारेबाट ठूलापोखरा जाँदै गरेको लु १ ज २३७७ नम्बरको जपि गए राती सर्वोत्तम समिेन्ट खानी नजकिै दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा रैनादेवी छहरा-१ सिद्धेश्वका ३६ वर्षीय दिपेन्द्र बुढा, ३१ वर्षीय चेतनारायण विक र २३ वर्षीय जनक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । गम्भीर घाइते भएका तिन जनालाई मिशन अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी दुई जना घाइते जिप चालक २७ वर्षीय रञ्जन रेश्मी र २३ वर्षीय सरोज बुढा रहेका छन् । घाइते दुबै जनाको मिशन अस्पताल तानसेनमा उपचार भइरहेको छ । जिप अनियंत्रित भई सडक बाट दुई सय मिटर तल खसेको र घटनाको वषियमा थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।



S.K. Creative Media Group