प्यूठान । गैर सरकारी संस्था महासंघ प्यूठानको आयोजनामा नागरिक समाज संघ संस्थालाई अभिमुखिकरण गरिएको छ । स्थानीय योजना, कानुन निर्माण प्रक्रियामा सहभागिता, संलग्नता र वकालतका सम्वन्धमा अभिमुखिकरण गरिएको हो ।


युरोपियन युनियनको आर्थिक सहयोग तथा गैर सरकारी संस्था महासंघ लुम्बिनी प्रदेशको साझेदारीमा सञ्चालित नागरिक स्वतन्त्रता परियोजना अर्न्तगत अभिमुखिकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा गैर सरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुसिला बेलवासेले गैर सरकारी संघ संस्थाको अवस्था, नीति नियम लगायतको बारेमा प्रस्तुतीकरण राख्नुभएको थियो ।

लुम्बिनी प्रदेशमा ६ हजार ६१४ वटा गैर सरकारी संस्था रहेको उहाँले बताउनुभयो । उहाँले अहिले गैर सरकारी संस्थाहरु निस्कृय बन्दै गएकोमा त्यसलाई सक्रिय बनाउन महासंघले विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको बताउनुभयो । गैर सरकारी संघ संस्थाको हकहितका लागि स्थानीय तह, प्रदेश सरकारसँग पैरवी समेत गर्ने गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा उहाँले स्थानीय तहलाई लक्षित वर्गको बजेट कार्यान्वयन, सामाजिक परिचालनका क्षेत्रमा गैर सरकारी संस्थासँग समन्वय र सहकार्य गरेर काम गर्न आग्रह गर्नुभयो । गैर सरकारी क्षेत्रले आर्जन गरेको ज्ञान सिप र क्षमतालाई सदुपयोग गर्न स्थानीय तहले नीति नियम बनाएर अघि बढ्न उहाँले आग्रह गर्नुभयो ।


कार्यक्रममा बोल्ने बत्ताहरुले गैरसरकारी संस्थाहरुले आफ्‌ना लक्ष्य तथा उदेश्यलाई समयानुकुल परिमार्जन गरेर अरु विविध क्षेत्रमा काम गर्नुपर्ने सुझाव दिएका छन । विगतमा पूर्वाधार निर्माणदेखी सामाजिक परिचालनको क्षेत्रमा महत्वपूर्ण योगदान दिएपनि अहिले सोही अवस्था नरहेकाले पैरवी र खवरदारीलाई प्राथमिकता दिएर अगाडी बढ्नुपर्ने सुझाव दिएका थिए ।

गैर सरकारी संस्था महासंघ प्यूठानका अध्यक्ष विजय कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसी रहनुभएको थियो । कार्यक्रममा प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगी, गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश अध्यक्ष विष्णु कुमार गिरी, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, गैसस महासंघ प्यूठानका पूर्व अध्यक्ष अर्जुन कुमार कक्षपति, लोक बहादुर बस्नेत र पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले बोल्नुभएको थियो ।

विजुवार जुम्रीमा भएको कार्यक्रममा स्वागत भगत कर्माचार्य र सञ्चालन प्रज्वल पहाडीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय