मच्छि । प्युठानको झिमरुक गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । शुक्रबार  गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो ।

घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसीले खोप कार्यक्रमलाई महत्व दिएर सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । सबै नागरिकलाई स्वास्थ्यको पहुँच बढाउन र स्वास्थ्य क्षेत्रमा दिगोपनाको लागि सबै सरकारले लगानीको दायरा अलि फराकिलो बनाउन सक्नुपर्ने बताउनुभयो ।
अहिले बजेट बनाउने समय पनि भएकोले स्वास्थ्यलाई अलि बढी प्राथमिकता दिएर बजेट निर्माणमा ध्यान दिन आग्रह गर्नुभयो ।पुर्ण खोप पालिका घोषणा गर्ने कार्यमा जुट्न सके अभियान सफल हुने उहाँले बताउनुभयो । स्वास्थ्य जस्तो संबेदनसिल बिषयमा आमनागरिक सचेत हुनुपर्ने बताउनुभएको छ ।

त्यस्तै पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले गाउँको समृद्धिको लागि कुरो गरेर मात्रै नहुने बताउनुभएको छ। समृद्धिको लागि अब कुरो होइन जनताले अनुभुती गर्ने गरि सबै मिलेर काम गर्नेबेला भएको बताउनुभयो । “सबैभन्दा पहिला मानबिय बिकासको जरुरी हुन्छ,” उहाँले भन्नुभयो, “मानबिय बिकास नभएसम्म बिकासले गति लिन सक्दैन । ” उहाँले निरन्तर चल्ले कार्यक्रम भएकोले सरकार र अभियान्ता कस्सिएर लाग्नुपर्ने बताउनुभयो ।

पालिका उपाध्यक्ष प्रमोद पोख्रेलले जनताले खोप पाउनु अधिकार हो । यसलाई जनताको खोपको पहुँचमा ल्याउन सबै लागेर मात्र सफल भएको बताउनुभएको छ । दुरदराजमा बस्ने बालबालिका र अभिभावकलाई बुझाउन सकेमात्र यो अभियान सफल हुने उहाँको तर्क थियो । मान्छेलाई स्वस्थ राख्नु सरकारको दायित्व भएकोले यो अभियान फलदायी हुने गरि स्थानीय सरकार लागेको उहाँले बताउनुभयो ।

पुर्णखोप सुनिश्चितता घोषणा झिमरुक गाउँपालिकालाई गरिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसूदन खड्काले जानकारी दिनुभयो । वर्षैपिच्छे गरिने कार्यक्रम भएकोले स्थानीय सरकारले प्राथमिकता दिएर लैजानुपर्ने बताउनुभयो । प्रमुख खड्काले भन्नुभयो, “खोप जनताले पाउँदा निशुल्क पाएको हो तर राज्यले भने धेरै लगानी गरेको छ । खोप आधाभुत सेवा भएको भन्दै उहाँले खोप लागाउनु सबैको दायित्व र अधिकार दुबै भएको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय,अधिकृत बिकास केसीले पालिकाभित्र खोप लगाउनुपर्ने सबै बालबालिकालाई खोप लागाईएको बताउनुभयो । आम नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन सबैको सहयोग रहेकोले उहाँले सबैलाई आग्रह गर्नुभयो । लक्ष्य प्राप्तिको लागि सबैको महत्त्वपूर्ण भुमिका र उत्तिकै जिम्मेवारी रहेकोले मिलेर काम गर्नुपर्ने बताउनुभयो । “यो अभियान सफल बनाउन खासगरी स्वास्थ्यकर्मी गाउँ गाउँ खट्नुभयो,” उहाँले भन्नुभयो, “थप प्रभावकारी बनाउन अझै सबैलाग्नुको विकल्प छैन ।”

पालिकाभर १५ महिनासम्मका ४३३ जना बालबालिका र १६ देखी ५९ महिनासम्मका बालबालिकाहरुको सर्बेक्षण गरिएको पालिकाले जनाएको छ । १६ देखि२३ महिनाका ३६२ र २४ देखि ५९ महिनाका १ हजार ६ जना बालबालिकाले पुर्ण खोप लगाइएको पालिकामा तथ्यांक छ। जसमध्ये १६ देखि २३ महिनाका ५ जना र २४ देखि ५९ सम्मका १३ जना ड्रप आउट भएकोमा ती सबैलाई खोप लगाइएको पालिकाले जनाएको छ ।

ती मध्ये दलित १२ जना, जनजाति २ जना, बहुन क्षेत्री ३ जना र अन्य जातिका बालबालिका १ जना गरि १८ जना रहेकोमा सबैलाई खोपको दायरामा ल्याइएको छ। पालिकाका अनुसार सबै वडाका बस्तिमा रहेका १५ महिनाभित्रका बालबालिकाले पाउनुपर्ने सम्पुर्ण खोप पाएका छन्  । २३ महिना भित्र दादुरा रुवेला विरुद्धको दोस्रो मात्रा खोप लगाएको हुनुपर्ने र सबै बालबालिकाले नियमित सबै खोप लगाएपछि पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख धरम बहादुर जिसीको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै उपाध्यक्ष प्रमोद पोख्रेल, स्वास्थ्य कार्यालय प्यूठानका मधुसूदन खड्का, प्रमुख प्रशासकीय अधिकृत विकास केसी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सबै वडा कार्यालय, स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत बिकास केसीको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन अधिकृत छैटौं यामलाल पोख्रेलले गर्नुभएको थियो । कार्यक्रममा पालिकामा स्तरवृदी भएका कर्मचारीलाई थप हौसलाको लागि सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय