सुजल श्रेष्ठ
प्यूठान । जिल्लामा सञ्चालित कृषि पकेट, ब्लक विकास कार्यक्रम तथा अन्य कृषिसँग सम्वन्धित कार्यक्रमको हालसम्मको प्रगतिको समीक्षा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वय इकाई प्यूठानको आयोजनामा जिल्लामा सञ्चालनमा रहेका ती कार्यक्रमको हालसम्मको अवस्थाको समीक्षा गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय, मल्लरानी गाउँपालिका, ऐरावती गाउँपालिका, झिमरुक गाउँपालिका, नौबहिनी गाउँपालिका, प्यूठान नगरपालिका, मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र मार्फत ऐरावती गाउँपालिकामा सञ्चालित हेफर परियोजना, कालिका विकास केन्द्र मार्फत ऐरावती गाउँपालिकामा सञ्चालित विलिफ परियोजनाको प्रस्तुतीकरण रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसी, विशेष अतिथी मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का, धान जोन सञ्चालक समन्वय समितिका अध्यक्ष श्याम थापाले कृषि क्षेत्रको विकासका लागि समन्वयात्मक रुपमा काम गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले लिएको अग्रसरताको प्रशंसा गर्दै सवैलाई यसैगरि आफ्‌नो कार्यक्रमहरु सफल रुपमा कार्यान्वयन गर्न आग्रह समेत गरेका थिए । किसानलाई प्रेरित हुने गरि कार्यक्रम तय गर्नुका साथै नियमित अनुगमन र सहयोग दिनुपर्ने बत्ताहरुको भनाई छ ।


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख चुमान सिंह गिरीले संघ मार्फत जोन तथा सुपरजोन, प्रदेश मार्फत ब्लक विकास र स्थानीय तह मार्फत पकेट विकास कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । ती कार्यक्रमलाई समन्वयात्मक रुपमा कार्यान्वय गर्नका लागि परियोजनाले समीक्षा कार्यक्रम आयोजना गरेको बताउनुभयो । उहाँले यस प्रकारको समीक्षाले कार्यक्रममा दोहोरोपना हटाउन र समयमै सही कार्यान्वयन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

प्यूठानको आठ वटा स्थानीय तहमा पकेट विकास कार्यक्रम लागु भएको गिरीले बताउनुभयो । माण्डवी गाउँपालिका बाहेकका स्थानीय तहमा विभिन्न पकेट विकास कार्यक्रम कार्यान्वयनमा रहेको उहाँले बताउनुभयो । प्रत्येक कार्यक्रमका लागि १२ लाख रुपियाँ बजेट विनियोजन भएको छ । मल्लरानी गाउँपालिकामा दुई वटा पकेट कार्यक्रम रहेपनि अरु पालिकामा एउटा पकेट विकास कार्यक्रम रहेको गिरीले बताउनुभयो । कार्यक्रममा स्वागत जयन्ती मल्ल र सञ्चालन विपिन खड्काले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय