प्यूठान । गौमुखी अपाङ्ग सेवा सङ्घ ठुलाबेसीको आयोजना तथा गौमुखी गाउँपालिका को सहयोगमा सिविआर कार्यक्रम अन्तर्गत अपाङ्गता सम्बन्धी विद्यालय स्तरीय अभिमुखीकरण कार्यक्रम गौमुखी गाउँपालिकाको वडा नम्बर ५ जनसहयोगी मावि र गौमुखी ७ अमृत जीवन मावि मा सम्पन्न भएको छ ।

अपाङ्गता भएका व्यक्तिप्रति समाजको नकारात्मक धारणा रहेको अवस्थामा विद्यार्थी मार्फत समाजमा सकारात्मक सोच पुर्याउने उद्देश्य सहित कार्यक्रम गरिएको हो। विद्यालयमा अपाङ्गता भएका बालबालिकाहरूको पहुँच वृद्धि, निशुल्क शिक्षा छात्रवृत्ति को सुविधा विषयमा समेत जानकारी गराइएको थियो। विद्यालयमा अपाङ्गता भएका बालबालिका मैत्री शिक्षा, वातावरण र सबैको साथ सहयोग आवश्यक रहेको बारेमा छलफल गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासङ्घ लुम्बिनी प्रदेश का सचिवालय सदस्य जुमान सिंह केसी, गौमुखी अपाङ्ग सेवा सङ्घ का उपाध्यक्ष निरज हमाल, सचिव प्रकाशपुरीले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय