प्यूठान । राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको सहयोगमा सिबिआर कार्यक्रम अन्तर्गत पालिका स्तरिय सिविआर सम्बन्धि अभिमुखिकण तथा पालिका स्तरीय सिबिआर समन्वय तथा व्यवस्थापन समिति गठन कार्यक्रम झिमरुक गाउँपालिकामा सम्पन्न भएको छ ।

सिबिआर कार्यक्रमलाई प्रत्येक वर्ष नयाँ स्थान छनोट गरी कार्यक्रम विस्तार गर्ने नीति अनुसार यस आव २०८१/०८२ मा झिमरुक गाउँपालिका छनोट गरी कार्यक्रम सञ्चालन गर्न लागिएको राष्ट्रिय अपाङ्ग सेवा सङ्घ प्यूठानले जनाएको छ ।

अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासङ्घ लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमान सिंह केसीले सिबिआर कार्यक्रमको अवधारणा, यसको उद्देश्य र मुख्यरूपमा सञ्चालन गरिने क्रियाकलापहरूको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, वडा अध्यक्ष, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, पालिकाका विभिन्न शाखा प्रमुख र अपाङ्गता भएका व्यक्तिको सहभागिता रहेको थियो ।
गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलको संयोजकत्वमा सात सदस्य पालिका स्तरीय सिबिआर समन्वय समिति गठन समेत गरिएको संघले जनाएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष पित बहादुर एमसीले सिबिआर कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको लागि सहयोग पुग्ने भन्दै गाउँपालिकाबाट पनि अपाङ्गता भएका व्यक्तिको उत्थान र विकासका लागि नीति तथा कार्यक्रमको व्यवस्था गरिने बताउनुभयो । उहाँले पछाडि परेका वर्गहरूको विकासको लागि सबै पक्ष हातेमालो गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता राष्ट्रिय अपाङ्ग सेवा सङ्घ प्यूठानका अध्यक्ष हुनाराम खड्काले गर्नुभएको थियो । भने स्वागत मन्तव्य उजेली बिक र सञ्चालन कृष्ण जिसीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय