गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा सब- इन्जिनियरको मृत्यु भएको छ । आईतवार राति रेसुङ्गा नगरपालिका–६, सिमाघाट लप्सीमा मोटरसाइकल दुर्घटना हुँदा गढवा गाउँपालिका-३ गोबडिया दाङका २७ वर्षीय निशान चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
चौधरीले चलाएको लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको नालीमा खसेको थियो । मोटसाइकलमा एक्लै सवार रहेका चौधरीलाई मोटरसाइकलले च्यापेको थियो ।
सिमाघाटबाट तम्घासतर्फ आउँदै गरेको मोटरसाइकल राति करिब १०:३० बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी (डीएसपी) गंगाबहादुर सारुले जानकारी दिनुभयो । चौधरी हाल गुल्मीमा इन्द्र एम.के. जे.बी. निर्माण सेवामा सब-इञ्जिनियरको रूपमा कार्यरत हुनुहुन्थ्यो । प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



S.K. Creative Media Group