प्यूठान । माण्डवी गाउँपालिका-३ मा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पदार्थ किनबेच गर्न रोक लगाईएको छ।
वडा कार्यालयले प्यूठान उद्योग वाणिज्य संघ माण्डवी बजार क्षेत्र र होटल व्यवसायी संघसँग अन्तरक्रिया गरेर उक्त निर्णय गरेको हो । बिद्यार्थी उमेर समुहका बालबालिकालाई चुरोट, सुर्ती, खैनीलगायत मदिराजन्य पदार्थ बिक्री वितरण तथा ओसारपसार गर्न नपाउने गरी रोक लगाउने निर्णय भएको वडा अध्यक्ष धनेन्द्र कार्कीले बताउनुभयो ।
वडाभित्र रहेको होटल तथा पसलका व्यवसायीले पोसाकमा रहेका विद्यार्थीलाई पनि धुम्रपान र मध्यपानजन्य बस्तु बिक्री वितरण गर्ने तथा ओसारपसार गर्ने गरेको हुँदा वडाले उक्त निर्णय गरेको वडाध्यक्ष कार्कीले बताउनुभयो । निर्णय विपरीत भएको पाइएमा जरिवाना गरिने अध्यक्ष कार्कीको भनाई छ ।





S.K. Creative Media Group